छिरीङ डोल्मा शेर्पा नेपाल पर्यटन बोर्डको पर्यटन सदभावना दुतमा नियुक्त
नेपालबहस संवाददाता
असोज १७, २०७६ शुक्रबार १७:३:५३
१७ असोज, काठमाडौं । लामो समय देखि नेपालको पर्यटनलाइ विश्वसामु चिनाउदै आएकी पर्यटन ब्यबसायी तथा मिसेस नेपाल टुरिजम २०१९ विजेता छिरिङ डोल्मा शेर्पा सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको नेपाल पर्यटन बोर्ड बाट आगामी २ बर्षे कार्यकालको लागि पर्यटन सद्भावनादूत नियूक्त भएकी छन् ।
भिजिट नेपाल २०२० लाई सफल बनाउने हेतुले नेपाल पर्यटन बोर्डले शेर्पालाई सद्भावनादूतमा नियूक्त गरेको हो । शेर्पा सामाजिक कार्यमा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएकी छिन ।
मिसेस नेपाल टुरिजम २०१९ को ताज पहिरिएपछि नेपालको पर्यटन प्रबर्धनको क्षेत्रमा क्रियाशिल शेर्पा सद्भावनादूत नियूक्त भए लगत्तै प्रचारप्रसारका लागि अमेरिका प्रस्थान समेत गरेकी छन् । उनले अमेरिकामा रहँदा नेपालको पर्यटनका बारेमा विभिन्न शहरहरुमा प्रचारप्रसार तथा अन्तरक्रिया गर्ने जनाएको छ ।
सरकारले सन् २०२० मा २० लाख पर्यटकलाई भित्र्याउने लक्ष्य सहित ‘भिजिट नेपाल २०२०’ घोषणा गरी तिब्र रुपमा प्रचारात्मक कार्य अघि बढाइरहेको बेला शेर्पालाई सद्भावनादूतको रुपमा नियूक्त गर्दै बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले ‘भिजिट नेपाल २०२०’ सफल पार्न शेर्पालाइ नियुक्तिपत्र हस्तान्तरण गरेका थिए ।
नेपालको पर्यटन प्रबद्र्धन, नेपाली कला, संस्कृतिको सम्बद्र्धन गर्दै भ्रमण बर्षलाई सफल बनाउन आफू हर तवरले क्रियाशिल हुने सद्भावनादूत नियूक्तभएपछि शेर्पाले प्रतिबद्धता व्यक्त गरिन् ।नेपालको पर्यटन प्रबद्र्धन गर्दै समृद्ध नेपाल र व्यवस्थित पर्यटनका लागि कार्य गर्नुनै आफ्नो पहिलो दायित्व हुने शेर्पाले जनाइन् ।
मिसेस नेपाल टुरिजमको उपाधी जितेर आफू नेपालको पर्यटन प्रबद्र्धनको क्षेत्रमा आधिकारीक रुपमा पाइला चाल्ने अवसर प्राप्त गरेको स्मरण गर्दै शेर्पाले सरकारले सद्भावनादूत नियूक्त गरेर आफ्नो योजना अनुसार नेपालको पर्यटन प्रबर्धनमा भूमिका खेल्न थप बाटो खुलेको भन्दै खुसी व्यक्त गरिन् ।
शेर्पाले नेपालको विभिन्न शहर र पर्यटकीय क्षेत्रहरुमा आयोजना हुने कार्यक्रमहरुमा सहभागि जनाउने छिन् भने विभिन्न मुलुकमा नेपालको प्राकृतिक सौन्दर्यता, संस्कृति, विविधताका बारेमा प्रचारप्रसार गर्नेछन् ।
सरकारले पर्यटन बर्ष २०२० लाई सफल बनाउन सुरज वैद्यको संयोजकत्वमा समिति बनाएर कार्य अघि बढाएको छ भने संस्कृति,पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले मन्त्री योगेश भट्टराईको नेतृत्वमा विभिन्न नीति निर्माण र संयन्त्र निर्माण गरेको छ ।
छिरिङ डोल्मा शेर्पा नेपाल पर्यटन बोर्डको पर्यटन सदभावना दुतमा नियुक्त भए संगै अमेरिका नेपालको पर्यटन पर्बर्धनको लागि अमेरिका प्रस्थान गरेकी छिन भने उनलाई अमेरिका प्रस्थान गर्नु अघि सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि माननीय योगेश भट्टराईले शुभकामना समेत दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार