केकी अधिकारीको “तिमीलाई भनेर म” सार्बजनिक
नेपालबहस संवाददाता
असोज १७, २०७६ शुक्रबार १८:९:५४
१७ असोज, काठमाडौं । नेपाली सिने उद्योगमा चलेकी अेभिनेत्री हुन्– केकी अधिकारी । जीवन्त अभिनय गर्ने केकी अधिकारी यतिबेला भने आफ्नो मान्छेको पर्खाइमा थाकेर रुदै गरेकी भेटिएकी छिन् ।
आफूले माया गरेको मान्छेको पर्खाइमा रुदै गरेको केकी अधिकारीको यो भावुक दृष्य गायिका दुर्गा खरेलको पछिल्लो गीतको म्यूजिक भिडियोका लागि कैद गरिएको हो ।
‘तिमीलाई भनेर म कुरिरहे बाटोमा, तर तिमी आएनौ“ किन ?’ बोलको सार्वजनिक सेन्टिमेन्टल गीतमा दुर्गाको स्वरस“गै केकीको अभिनय निक्कै खुलेको छ । गीतको म्यूजिक भिडियोमा अभिनेत्री केकीलाई पवन शर्माले अभिनयमा साथ दिएका छन् ।
नेपाली सांगीतिक क्षेत्रमा निक्कै रुचाहिएका लोकप्रिय संगीतकार अर्जुन पोख्रेलले लेखेको यो गीतमा संगीत तथा संगीत संयोजन पनि पनि अर्जुन स्वयम् ले गरेका छन् ।
गीतको म्यूजिक भिडियोमा केकी अधिकारी र पवन शर्माले अभिनय गरेका छन् । म्यूजिक भिडियो सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । नवराज उप्रेतीले छायांकन गरेको म्यूजिक भिडियो सम्पादन भरत रेग्मीले गरेका छन् ।
गीतको म्यूजिक भिडियो :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाहित्य एवं कथाकार परशु प्रधानको निधन
चैत ६, २०८० मंगलबार
आजदेखि काठमाडौंमा कला उत्सव
मंसिर १६, २०८० शनिबार
आज महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झने दिन
कात्तिक २७, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार