Advertisement

१८ असोज काठमाडौं । औषधि व्यवस्था विभागले क्यान्सर रोगको उपचारका लागि अति आवश्यक औषधिको अभाव हुन नदिन विभिन्न प्रकारका औषधि मौज्दात राख्ने निर्णय गरेको छ ।

भिनक्रिस्टाइन, भिनब्लस्टाइन र सिप्प्लाटिन, एफभी नामक औषधि बजारमा अभाव हुन नदिने र मौज्दात राख्न औषधि व्यवसायीलाई विभागले आग्रह गरेको छ । चाडपर्वका समयमा विशेष गरी क्यान्सर उपचारसम्बन्धी औषधिको बजारमा अभाव हुने गर्दछ ।

विभागमा औषधि आयातकर्तासित भएको छलफलमा विभागले क्यान्सर, मिर्गाैला, मुटुलगायत रोगसित सम्बन्धित औषधिको मौज्दास्थितका बारेमा विभागलाई जानकारी दिन आयातकर्तालाई निर्देशक दिएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए ।

Advertisement

अत्यावश्यक औषधिको विभागले निर्धारण गरेको मूल्यभन्दा बढी मूल्य नलिन विभागले आयातकर्तासित आग्रह गरेको छ ।

Advertisement
अघिल्लो लेखइराकी प्रधानमन्त्रीद्वारा हिंसात्मक प्रदर्शन रोक्न आग्रह
अर्को लेखपच्चीस हजार भेडाच्याङ्ग्रा निकासी
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्