पच्चीस हजार भेडाच्याङ्ग्रा निकासी
नेपालबहस संवाददाता
असोज १८, २०७६ शनिबार १४:३८:१३
सन्तोष गौतम / रासस
१८ असोज, म्याग्दी । दशैँलाई लक्षित गरी मुस्ताङबाट २५ हजार भेडाच्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु, जुम्लाबाट ल्याइएको भेडाच्याङ्ग्रा म्याग्दी हुँदै देशका विभिन्न ठाउँमा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले जनाएको छ ।
पाँच हजार भेडा र २० हजार च्याङ्गा निकासी भएको केन्द्रका प्रमुख पशु चिकित्सक नारायण कसुमले बताए । भेडाच्याङ्ग्राबाट मुस्ताङमा करीब रु ४० करोड भित्रिएको छ । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने घाँसा प्रहरी चौकीले भेडा च्याङ्ग्राको तथ्याङ्क राख्ने गरेको छ ।
पोखरा, काठमाडाँै, चितवन, तनहुँ, लमजुङ, स्याङ्जा, पर्वत, बागलुङ, पर्वत र म्याग्दीलगायत जिल्लामा भेडाच्याङ्ग्रा निकासी भएको उनले बताए । पशु सेवा विभागले निकासी हुने भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षणका लागि पाँच जना पशु चिकित्सकलाई खटाएको थियो ।
‘भेडाच्याङग्राको स्वास्थ्य परीक्षण गरेर, स्वस्थ भएकालाई प्रमाणित गरेर मात्र बजारमा पठाइएको छ”, उनले भने “निकासी भएका मध्य धेरै भेडाच्याङ्ग्रा मुस्ताङका कृषकले पालेका हुन् ।”
खाद्य संस्थानले दुई हजार भेडाच्याङ्ग्रा काठमाडौँ लगेको छ । मुस्ताङबाट हिँडाएर बेनी ल्याइएका भेडाच्याङ्ग्रा यहाँबाट ट्रकमा राखेर काठमाडौँ लगिएको हो । देशका विभिन्न ठाउँका ब्यापारीहरू भेडाच्याङ्ग्रा खरीद गर्न असोज पहिलो सातानै मुस्ताङ पुगेका थिए ।
गत वर्ष १६ हजार पाँच सय भेडाच्याङ्ग्रा निकासी भएको थियो । जसमध्ये खाद्य संस्थानले ९२५ वटा काठमाडौँ लगेको छ । प्रति रोज्जा च्याङ्ग्रा रु २५ हजारका दरले खरीद गरेको ब्यापारी दुर्गा थापाले बताए ।
“अघिल्लो वर्षभन्दा किन्दानै तीनदेखि चार हजारले बढी तिर्नुप¥यो”, थापाले भने “चार पाँच ठाउँमा स्थानीय तह पिच्छेनै कर तिरेका छौँ ।” मुस्ताङको तीन ठाउँमा डेढ सय रुयैयाँका दरले कर तिरेको ब्यापारी हमाल गुरुङले बताए ।
बजारमा जिउँदा रोज्जा च्याङग्रा रु ३० हजारसम्ममा बिक्री भएको छ । प्रतिकिलो च्याङ्ग्राको मासु रु एक हजार ४०० पुगेको छ । च्याङग्रा खरीद गर्न लागेका मिलनचोकका थमप्रसाद कँडेलले वर्षेनी मूल्य बढेकोमा गुनासो गरे । च्याङ्ग्रा कम आउनु, बढ्दो करका कारणले पनि च्याङ्ग्रा महँगिँदै गएको छ ।
छुसाङका कृषक थाक्पा गुरुङ हिमपातका कारण च्याङ्ग्रा मरेको, तिब्बत र डोल्पाबाट कम आएको बताए । बजारमा माग बढेको तर उत्पादन कम भएकाले मूल्य बढेको उनले जानकारी दिए ।
त्यस्तै च्याङ्ग्राको मूल्य वृद्धि भए पनि उपभोक्ताले दशैँमा खोजीखोजी उपभोग गर्छन् । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याग्राको मासु स्वादिष्ट मानिन्छ ।
यार्सागुम्बा, जटामसी, निरमसी, जिम्बुलगायत जडिबुटी पाइने खर्कहरूमा भेडाच्याङ्ग्रा चर्ने गरेको कृषक राजकुमार गुरुङले बताए । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायतका ठाउँका कृषकहरूले व्यावसायिक च्याङ्ग्रा पालन गर्छन् । यो वर्ष करीब रु ४० करोड मूल्य बराबरको भेडाच्याङ्ग्रा निकासी भएको अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार