दशैँका लागि नयाँ नोटको अभाव
Advertisement

१९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हप्तामा ११ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गरेको छ । दशैंको अवसरमा राष्ट्र बैंकले असोज १० गतेदेखि १७ गतेसम्म उक्त परिमाणमा नयाँ नोट सटही गरेको हो ।

दशैंमा सर्वसाधारणहरुलाई नयाँ नोट सहटी सुविधा दिन १२ अर्ब रुपैयाँ छुट्याइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले १२ अर्ब रुपैयाँ बराबरका ५, १०, २०, ५०, १००, ५०० र १००० दरका नयाँ नोट सहटीका लागि व्यवस्था गरेको थियो ।

गत वर्ष राष्ट्र बैंकले १२ अर्ब रुपैयाँ बराबरको नयाँ नोट दशैंमा मात्रै सटही गरेकोमा यो वर्ष कति सटही भए वास्तविक विवरण दशैंपछि मात्र सार्वजनिक हुने भएको छ ।

Advertisement

यो वर्षको दशैंमा प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ मात्रै नयाँ नोट पाइएको थियो । गत वर्ष प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँ नयाँ नोट साट्न पाउने व्यवस्था थियो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्