बा बिनाको दशैँ खल्लो छ !!
Advertisement

कुसुम विश्वकर्मा

१९ असोज काठमाडौं । बा यतिबेला गाउँघर देखि शहर जताततै दशैको रमझम छ । मेरो मन भने शान्त छैन । गाउँका घर रातो र सेतो कमेरोले पोतेर चिटिक्क छन् । तर तिमी बिना दशैँ अनि मेरों मन फिक्का छ बा ।।

Advertisement

बा आजसम्म कमाउन बाहिर गएका पनि सबै फर्किसके तर तिमी फर्किनौ अनि त दशैँको माहोलले जताततै रमाइलो हुँदा पनि मलाई खल्लो लागेको छ बा ।। बाले बुझिहाल्ने गर्थे । छोरी कति व्यस्त छे । आजकाल अनि भन्ने गर्थे, ‘दशैँमा त आउने होला क्यारे ! कति दिन बिदा हुन्छ ?’ ‘दशैँमा त आउनै पर्यो नि,’ म भन्थे । यो संवाद मात्र दुई बर्ष अघिको हो ।।

दशैँ आउदै गर्दा बिरामी बाले यसरी प्रश्न गरेका थिए । आज त्यहि दिनको याद आइरहेको छ ।

दशैँलाई सबैले छोएको छ । तर मेरो मन भन्ने फिक्का फिक्का भएको छ । तिमी बिना दशैँ खल्लो छ बा ।।

बा तिमी संगको संगत खासै लामो समय भएन। एसएलसि पास भएपछि म अध्ययनको शिलशिलासंगै रेडियो प्रस्तोता र पत्रकारिता सम्बन्धी तालिम सिकेर काम गर्न थाले ।

ल ल गर काम, राम्रो संग काम सिक । बोल्न जान्नु पनि मान्छेको ठूलो सम्पत्ति हो । बा सधै यहि भन्ने गर्थे । आज याद आइरहेको छ, बा तिमी बिनाको दशैँ खल्लो छ ।

मेरो शिक्षाको पहिलो पाठशाला आमा अनि पत्रकारिताको बा ।। बाले भन्ने गर्थे, मान्छेले बोली खेर फाल्नु हुन्न । बोलिमा बहुत ठूलो शक्ति हुन्छ । तौलेर बोल्न जान्नु पर्छ । आफ्नो बोलिको जिम्मेवारी आफुले लिन सक्नु पर्छ ।

रेडियो तालिमले मेरो आत्मबिस्वास बढायो । बोल्ने र सोच्ने तरिकामा फरकपन आयो । बाले पटक पटक मलाइ यस्ता तालिम र सिकाइ सिक्न उत्प्रेरित गरिरहने गर्थे ।

उनीमा न कुनै राजनितिक शास्त्रको ज्ञान तन वैज्ञानिक नत आर्थीक मात्र थियो त सामाजिक ज्ञान ।। मेरा हरेक इच्छामा बा क्याटलिस्ट बनिदिने गर्थे ।।

बाको मुहारमा मुस्कान छचल्किने भनेकै सन्तानको सफलतामा त रैछ । आज त्यो भन्दा पनि धेरै सफलता पाएकी छु तर तिमी छैनौ बा । त्यहि भएर तिमी बिनाको दशैँ खल्लो छ बा ।।

समय चलिरह्यो। मेरो पढाइ पनि सकियो। सानोतिनो जागिर खान थालेँ मिडियामा । कैले काहीँ दुई चार पैसा बाको हातमा राख्दिन्थें। बाको हातमा पैसा पर्नासाथ ऋर्ण तिर्न गैहाल्ने बानी थियो बा को ।।

त्यो बेला बाको आँखामा टिलपिल टिलपिल आँसु देखिएको थियो । कहिले आँसु नदेखाउने मेरा ‘बा’ आफ्नो छोरीको प्रगतिमा यति सम्म भावुक हुन सक्दा रैछन आज सोच्न पनि सक्दिन म ।।

शास्त्रको ज्ञाता र धार्मिक प्रवृत्तिको व्यक्ती भएर पनि उनी मुर्ती पुजामा त्यति विश्वास नगर्ने, मठ मन्दिर त्यति नधाउने तर कला, सस्कृती र सिर्जनाको अत्यन्तै सम्मान गर्ने मान्छे! कैले काहीँ त लाग्थ्यो हाम्रा बालाइ थाहा नभएको कुरो के होला संसारमा ?

बा तिमीले जीवन भर दुख गरेउ, कमाएर छोराछोरी पालेउ सबै छोराछोरीलाई सक्षम बनाएउ । जब ढुक्कले सास फेर्ने समय आएको थियो। तर कठोर नियतिले सास नै बन्द गरिदियो ।

कहिले छोराछोरी सामु दुख पोखेनौं बरु आफै झेलेउ दुख । मलाइ कहिलै पैसाको अभाव देखानौ, बरु आफै ऋर्णमा डुबेउ ।। कहिलै आफुलाइ हेरेनौ, राम्रो खाने लाउनेमा , हामिलाइ हेरेउ बा । जब हामिले हेर्ने समय आयो अनि तिमीले आँखा चिम्लिीयौ । तिमी बिनाको दशैँ खल्लो छ बा ।।

हेर्दाहेर्दै एउटा ईतिहास, ज्ञाता, इमान्दार, कर्तब्य र जिम्मेवारिको अर्को नाम अर्थात मेरा बा धुवाँ संगै विलिन भएको आज करिव दुई बर्ष पुग्नै लाग्यो । आज पनि याद ताजै छ बा ।। बर्दियाको त्यो ओरइ नदीको तटमा तिमी जलिरयौ ।

म निरीह तातो बालुवा माथि उभिएर तिमीलाई हेरिरहेको थिए । आखिर तिमीले देखेनौ । हो आज त्यहि भएर दशैं तिमी बिना खल्लो भा छ बा ?

बुद्दले भनेका थिए । संसारमा दुख छ । दुखको कारण छ । दुख अन्त्य गर्ने बाटाहरु छन र दुखको अन्त्य गर्न सकिन्छ । जन्मनु पनि दुख हो । मर्नु पनि दुख हो । बिरामी हुनु पनि दुख हो । बुड्यौली पनि दुख हो । यी यावत दुखहरु भोगेर बाले निर्वाणको बाटो लिए ।

म तिमी जलिसके पछि मलामी गएका सबै आफन्तहरुको साथमा दुखि मन लिएर घर फर्किए ।। त्यहि दिन देखि आमाको अनुहारमा कत्तिपनि खुशि छैन यस कारण दशैँ खल्लो छ बा ।।

आज चारैतिर दशैँको माहोलले रमाइलो भैइरहेको बेला पनि मलाई तिम्रै याद ताजा बनेर आइरहेको छ बा । लाग्छ आज मेरो जिन्दगिको घाम अस्तायो ।

घाम बिनाको जिवन पनि के जिवन ।। अब ठुला ठुला दुखका भारि कहाँ बिसाउने ? साना साना सफलताका कथा कसलाइ सुनाउने बा ?

बाको दुरदर्शिता देखेर अचम्मित हुने म छेउमा टुक्रुक्क बसेर हेरिरहेको छु । उनको जीवन आदर्श र ज्ञानको भन्डारको म फ्यान थिए । कर्म गर, फलको आश नगर भन्ने गिता सारको ब्याबहारमा लागू गर्ने एक आदर्श पुरुषको अन्त्य भयो। बाका बारेमा व्याख्या गर्ने शब्द शब्दकोषमा कहाँ अटाउछन् र ? बा त आकाश भन्दा ठुला हुन् र सागर भन्दा गहिरा हुन् ।

बा तिमीले मोक्ष प्राप्त गरेउ भने यो संसारमा पुनः जन्म लिन पर्ने छैन । मोक्ष प्राप्त भएन भने फेरि पनि तिमी हाम्रै बा भएर जन्मिनु है । हर जन्म पितीलाई बा भन्न पाइयोस्। ह्यापी दशैं बा । तर तिमी बिनाको दशैं खल्लो छ बा ।।

Advertisement
अघिल्लो लेखटी–ट्वान्टी क्रिकेट सिरिज : नेपालद्धारा हङकङ पराजित
अर्को लेखदुई किलो ७०० ग्राम चरेशसहित दुई पक्राउ
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्