धुलो रोक्ने महानगरको अभियानमा अवरोध
नेपालबहस संवाददाता
असोज २०, २०७६ सोमबार ११:५५:१७
२० असोज, काठमाडौं । काठमाडौं खुलामञ्चस्थित अस्थायी बसपार्कमा अत्यधिक धुलो उडेपछि त्यसलाई रोक्न शुरु भएको कालोपत्रे र ढलानको काममा जनप्रतिनिधिकै उपस्थितिमा अवरोध गरिएको छ ।
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य भीमसेनदास प्रधान, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी र वडा नं २८ का वडाध्यक्ष भाइराम खड्गीकै उपस्थितिमा काममा अवरोध गरिएको हो । दुई पक्षीय विवादका कारण अहिले यहाँको काम रोकिएको छ भने ढलान गरिएको ठाउँमा गाडी कुदाएर क्षति पु¥याइएको छ ।
धुलो रोक्ने उद्देश्यले गत बुधबारको महानगरको निर्णयअनुसार गाडीको चाप हुने ठाउँमा ढलान र अन्य क्षेत्रमा कालोपत्रे गरेर धुलो रोक्न जलेश्वर स्वच्छन्द विकोइ विल्डर्सलाई जिम्मा दिइएको महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइ प्रमुख ध्रुव काफ्लेले जानकारी दिए ।
चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणको तयारीका क्रममा काठमाडौँका मुख्य क्षेत्रमा सजावट र कालोपत्रेलगायतको काम जारी छ । सोही क्रममा खुलामञ्चबाट धुलो उडेर आसपास क्षेत्र प्रभावित हुने भएकाले अस्थायी समाधानका लागि यहाँ काम गर्न लागिएको थियो तर जनप्रतिनिधिकै उपस्थितिमा उक्त काममा अवरोध गरिएको हो ।
सो विषयमा महानगरका उपप्रमुख खड्गीले कालोपत्रे मात्रै गर्ने भनिए पनि रड नै राखेर ढलान गरिएकाले स्थानीय जनता विरोधमा उत्रिएपछि आज बिहान आफू त्यहाँ पुगेको र असन्तोष देखिएकाले तत्कालका लागि ढलान रोक्न भनिएको बताए ।
“हामीलाई पनि यो विषयमा जानकारी थिएन, कुराकानीका क्रममा मेयर ज्यूले कालोपत्रे गर्न लागिएको छ भनेर जानकारी दिएका थिए, हेर्न जाँदा ढलान नै गरेको देखिएपछि स्थानीयले अवरोध गरेका हुन्”, खड्गीले भने ।
उनले कालोपत्रे मात्रै गरिएको भए समस्या नआउने भन्दै ढलान गर्न खोज्दा समस्या आएको बताए। यस क्रममा आज बिहान यहाँ लगाइएको बारसमेत भत्काइएको छ भने भर्खरै ढलान गरिएको स्थानमा गाडी गुडाएर क्षति पु¥याइएको छ ।
महानगरपालिका–२८ का अध्यक्ष भाइराम खड्गीले आफ्नै वडामा हुन लागेको कामको विषयमा आफूलाई नै जानकारी नभएको बताउँदै स्थायीरूपमै सिमेन्ट ढलान गर्न लागिएको पाइएकाले अवरोध भएको बताए ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले कालोपत्रे गर्ने ठाउँमा डण्डी राखेर ढलान गरेको भन्दै विवाद निस्किएको देखिएको बताए । प्रहरीका अनुसार अवरोधका क्रममा खुलामञ्चमा जनप्रतिनिधिसहित सम्पदा संरक्षण अभियानका प्रतिनिधि सहभागी भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार