प्रिय बबिता तिम्रो आत्माले शान्ति पाओस !!!
नेपालबहस संवाददाता
असोज २०, २०७६ सोमबार १४:४९:३
२० असोज काठमाडौं ।
मुत्यु उस्तै उस्तै तर !
मुत्यु पछीको मलामीको जमात
फरक देख्दै छु आज ।।।
ठाउँ उस्तै उस्तै तर !
ठाउँमा उभिएका मान्छेको भिड
फरक देख्दै छु आज ।।
चारैतिर दशैँको माहोल छ, तर बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ को गाउँ तुल्सिपुर यतिबेला शोक मग्न भाको छ । मेरो आफन्त सारा इष्टमित्र लगायत सबै पिडामा छन् ।
२६–२७ बर्षको अल्पआयुमै तिमीले यसरी संसार छोडेर जालेउ भन्ने कल्पना पनि गर्न सकिराको छैन … म कसरी कल्पना गरौँ प्रिय भाउजु बबिता !!!
तिमीलाई म कुन शब्दले सम्बोधन गरौँ कसरी लेखौ यी भावनाका कुरा हिजो मात्र बा बिनाको दशैं खल्लो छ, शिर्षकमा एउटा लेख लेखेका मेरा हात आज तिम्रो नाममा हार्दिक श्रद्धान्जली लेख्न हात थर्थराइ रहेका छन् । प्रिय भाउजु बबिता….
किन यस्तो गरेऊ तिमीले ? आखिर कारण के थियो ? किन तिमीले ति बुढी आमाको मुख हेरिनौ ? बाबाको आर्दशलाई किन बुझीनौ ? बालबच्चाको भविष्य किन सोचिनौ ? अनि हेर त जिवन भर सगै बाच्ने कसम खाएर वैवाहिक जिवनको यात्रामा कसिएको गाँठा किन एक्लै फुकाएर गयौ ? तिमीलाई कसैको माया लागेन ? आज यस्तै प्रश्न खेलिरहेको छ । प्रिय भाउजु बबिता………!!!!
राती सम्म अफिसको काम गर्दै गर्दा ठूल्दाजुसंग कुरा गरेको थियो । मन हिजो देखि चिसो भाको थियो । साहेत तिम्रो खबरले होला ,,,प्रिय….!!! हुन त, भविष्य कसले कहाँ देखेको छ र ? भोली के हुन्छ भनेर कसले नै भविष्यवाणी गर्न सक्छ र ? तर मलाई तिमीले यस्तो गरेउ भन्दा अझै नि विश्वास लागेको छैन् ।। प्रिय…,,,,,, !!!!!
तिमी हिडेको बाटो अनि तिमीले गरेका हजारौँ क्रियाकलाप आँखा अगाडी आइरहेको छ । हुन त तिमीसंग म त्यहि नजिक भइन् । तर भावना र आत्मियताले बहिनी नै भए पनि नाताले भाउजु पर्ने तिमीमा आँट हौसलाले म सधै खुशि थिए तर आज ति अबोध बालबालिकाको मनलाई जिवनभरको पिडा किन दियौ प्रिय…के तिमीलाई कसैको माया लागेन् ?
बर्दिया मेरो गाउँ अनि मेरै आफन्तको घटनाको थोरै शब्द मात्र हो यो। हो आज केही बोल्न न केही लेख्न सकिराको छैन । म के लेखौ के बोलौ न कुनै शब्द छ न कुनै वाक्य बस् ।। प्रिय तिमीले दाजुहरु, आफन्त, भाउजु, छोराछोरी, सासु, ससुरा लगायत ति बुढी आमाको मुख हेरेनौँ ? भन किन यस्तो गरेउ प्रिय ।।
सबैलाई दशैं लागेको छ । गाउँमा सबै खुशि थिए । तर सबैको खुशि एकाएक परिवर्तन भयौँ मात्र कारण तिम्रो अप्रिय खबरले ति बुढा आमा बा आफन्त अनि दाजुभाइ यता छोराछोरी अनि श्रीमानलाई … तिमीले कसैको मुख हेरेनौ !!आखिर किन यस्तो गरेउ प्रिय ?
मेरो कलम यसरी कहिले सम्म लेखेउ ? आजको यो घटनाले ठूलो मामाको छोरा शिवराज दादाको याद आयो, सपना बहिनीको याद अझै ताजै छ । यता पवित्रा भाउजु, हजुर आमा, कान्छो मामा, मेरो बाबा सारा आफन्त लगायत तिम्रो आत्माले संसार छोडेछ !! अनि यता चन्द्र दादाको साथ चटक्क छोडेर जान कसरी सकेउ प्रिय ।।
मेरो गाउँ सारै दुखित भाको छ, दशैंको महाअष्टमीका दिन तिमीले घर छोडेउ भनेदेखि ति बुढी आमाका आँखा रसाएका छन् । बुवाको टोपी शिरबाट जरेको छ । अबोध बालकको मम्मी शब्दले चसक्क सबैको मन गराएको छ । दाजुभाइ भाउजुका खुट्टा लरबराएका छन् ।
सारा देश विदेशका भएका हाम्रा आफन्तका आँखाबाट बलिन धारा आँसु खसेका छन् । यता तिम्रो जिवन साथी विदेशमा छट्पटाइ रहेको छ । प्रिय के गरेउ यस्तो ?
गाउँमा हिजो मात्र दशैंको माहोल आएको थियो । कमाउन गएका ति आफन्तहरु दशैं मनाउन घर आएका छन् । आज कसरी तिम्रो मृत शरिरमा सामिल हुने ? मैले धेरै प्रिय मान्छे गुमाएको छु । बर्षौदेखि र त मेरो मन कहिल्यै खुशि छैन ।
प्रिय भाउजु बबिता तिम्रो असामयिक निधन भएको खबरले हामी सबै आफन्त, परिवार अत्यन्तै मर्माहत भएका छौं। यस दुःखत घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु ।। शोक सन्तप्त परिवारमा गहिरो सहानुभुती का साथ धैर्य धारण गर्ने शक्ति मिलोस भनी हार्दिक समबेदना प्रकट गर्दछौं।
…..!!! ……म आज निशब्द भाकी छु !!!!!
नोट : बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वडा छ तुल्सिपुरमा करिव २६–२७ बर्षको उमेरमा बविता सुनारले आत्महत्या गरेको घटनामा आधारित रहेर लेखिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
पुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
चिनियाँ आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार