टर्कीको अर्थतन्त्रलाई सखाप पारिदिने राष्ट्रपति ट्रम्पको चेतावनी
Advertisement

२२ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टर्कीको अर्थतन्त्रलाई सखाप पारिदिने चेतावनी दिएका छन् ।

उत्तर–पूर्वी सिरियाबाट अमेरिकी फौजलाई फिर्ता लैजाने लिएको निर्णयको टर्कीले फाइदा उठाउन खोजे आफूले कडा कदम चाल्ने ट्रम्पको भनाइ छ ।

टर्कीले सीमा पार सिरियाली क्षेत्रमा रहेका कुर्द फौजमाथि आक्रमण गर्ने योजना गरिरहेको छ । ट्रम्पले टर्कीले ज्यादती गरे उसको अर्थतन्त्र सखाप पारिदिने चेतावनी दिएका छन् ।

Advertisement

आफ्नो उद्देश्य अमेरिकी फौजलाई घर फिर्ता ल्याउनु मात्र रहेको राष्ट्रपति ट्रम्पको भनाइ छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्