Advertisement

२२ असोज काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गएको २४ घण्टामा उपत्यकाबाट ४६ हजार ८ सय १९ यात्रु बाहिरिएका छन् ।

यस्तै ३२ हजार ४ सय ५४ जना यात्रु उपत्यका भित्रिएका महाशाखाले जनाएको छ । दशैँको अघिल्लो दिनसम्म साढे २५ लाख यात्रु बाहिरिएका थिए । दशैँको पछिल्लो दिनपनि भित्रिनेभन्दा बाहिरिनेको संख्या नै धेरै रहेको महाशाखाले जनाएको छ ।

यसैबिच, महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दशैंको नवमीसम्म सुनसान रहेको काठमाडौं उपत्यका दशैंको टिकाको दिनदेखि केही चहलपहल सुरु भएको छ ।

Advertisement

दशैंको अवसरमा आफन्त कहाँ टिका, जमरा र आर्शिवाद थाप्न जानेहरुको कारण केही दिन सुनसान जस्तै भएको काठमाडौं टिकाको दिन मंगलबारदेखि नै चहलपहल सुरु भएको हो । अब विस्तारै जिल्लातिर दशैं मनाउन गएका पनि फर्किने क्रम सुरु भएकाले चहलपहल बढ्दै जाने प्रहरीको भनाइ छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्