दैलेखमा लास लिएर गएको ट्रयाक्टर दुर्घटना
Advertisement

अमर सुनार

२२ असोज, दैलेख । विजया दशमी दिन मंगलबार हिजो साँझ खोलाले बगाएर मृत्यू भएका दम्पतीको लास दाहसंस्कार गर्न कोटिला जाँदै गरेको लु २ त ४६९३ नम्बरको ट्रयाक्टर महाबैथान नजिक दुर्घटना हुँदा एक जना महिलाको घाइते भएकी छिन् ।

दैलेखको नारायण नपा-२ कुसाडाकी ४८ वर्षकी पूर्णा बि.क को दाहिने हात भाँचिएको छ । ट्रयाक्टरमा सवार १७ जना अरुलाई सामान्य चोट लागेको छ ।

Advertisement

सिकारु चालकले सन्तुलन गुमाएपछि ट्रयाक्टर सडकमै पल्टेको प्रहरीले जनाएको छ । ट्रयाक्टर चालक दशैं विदामा गएको कारण सिकारु चालकले ट्रयाक्टर चलाएका थिए । स्थानीयले घाइतेको उद्धार गरी उपाचारको लागि दैलेख अस्पताल पुराएका छन्।

दुल्लू नपा-११ कालभैरका ४५ वर्षका इन्द्रबहादुर सुनार र उहाँकी श्रीमती ४० वर्षकी खगिसरा सुनार नारायण नपा-२ कुसाडास्थित माइतीमा दशैं मान्न जाँदा छामघाट खोलाले कोटिलाघाटबाट बगाउदा दुबै जनाको ज्यान गएको थियो ।

दैलेख जिल्ला अस्पतालमा मृतकहरुको शव परीक्षणपछि दाहसंस्कार गर्न लास लैजाँदै गर्दा कोटिला जाने बाटोमा गेट नजिकै ट्रयाक्टर पल्टेको हो ।

Advertisement
अघिल्लो लेखतीन वर्षको अवधिमा ४८८ महिला तथा बालबालिका फेला
अर्को लेखदुई लाख नगदसहित ११ जना जुवाडे पक्राउ
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्