उपत्यकाका मुख्य–मुख्य चोकमा ट्राफिक जाम
नेपालबहस संवाददाता
असोज २३, २०७६ बिहिबार १४:२०:२
२३ असोज काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १८ वटा दुर्घटना भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दुर्घटनामा एक जनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन् ।
नक्सालमा प्रदेश ३ ०२ ००२ प ९७३३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काठमाडौं चावहिलका २२ वर्षीय प्रल्हाद केसीको ज्यान गएको छ । दुर्घटनामा गम्भीर घाइते भएका केसीको उपचारका क्रममा हिमाल अस्पताल कमलपोखरीमा बुधबार राति नै ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।
मोटरसाइकल पछाडि बसेका २५ वर्षीय अनिश बस्नेत घाइते भएका हुन् । उपत्यकामा अरु १८ वटा दुर्घटनामा १७ जना घाइते भएका प्रहरीले जनाएको छ ।
ट्राफिक नियम पालना नगर्ने ५ सय ५७ जना चालक कारबाहीमा परेका छन् । यात्रुबाट बढी भाडा लिने, लेन मिच्ने, तीव्र गतिमा गाडी गुडाउने ५ सय ५७ जना चालकमाथि कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।यस्तै, मादक पदार्थ सेवन गरेर गाडी चलाउने १ सय ३३ जना चालकलाई पनि कारबाही गरिएको छ ।
दशैँ मनाएर काठमाडौं उपत्यका भित्रिने यात्रुको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ४ सय २१ गाडीमा ७० हजार ६ सय ५९ जना यात्रु भित्रिएका छन् । यस्तै, साढे ९ हजार गाडीबाट ५६ हजार ७ सय ५ वटा गाडी बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ । यसअघि बुधबारसम्म बाहिरिने यात्रुको संख्या धेरै थियो ।
यस वर्ष दशैँ मनाउन झण्डै २६ लाख मानिस उपत्यका बाहिर गएका छन् । उनीहरु क्रमशः भित्रिन थालेपछि काठमाडौं उपत्यकाका मुख्य–मुख्य चोकमा ट्राफिक जाम हुन थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेको भुम्लुमा सुमो दुर्घटना हुँदा १० जना घाइते
बैशाख १२, २०८१ बुधबार
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
बैशाख ११, २०८१ मंगलबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ईश्वरको आँखामा देबेन्द्र बब्लु र जुना
बैशाख १२, २०८१ बुधबार
नैकापमा ‘ग्लोरियस ब्युटी पार्लर’ आधुनिक सेवा सहित सञ्चालन
बैशाख १२, २०८१ बुधबार
मसलामा प्रतिबन्ध लगाएको विषयमा भारतले सिंगापुर र हङकङसँग माग्यो जवाफ
बैशाख १२, २०८१ बुधबार
काठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी
बैशाख १२, २०८१ बुधबार
धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
बैशाख १२, २०८१ बुधबार