स्याङ्जा र पाँचथरमा छुरा प्रहारबाट दुई जनाको मृत्यु
Advertisement

२३ असोज, स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकामा बुधबार राति एक युवकको हत्या भएको छ । हरिनास गाउँपालिका–५ वलिकोटमा अन्दाजी २८ वर्षीय महेन्द्रबहादुर आलेको हत्या भएको हो ।

हरिनासकै क्याक्मी हटियाका युवाहरुले आक्रमण गर्दा आलेको घटनास्थलमै ज्यान गएको वडाध्यक्ष डण्डबहादुर रानाले बताए । रानाका अनुसार तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूहले आक्रमण गर्दा आलेको ज्यान गएको हो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय चिसापानीको टोली राति नै पुगिसकेको छ । हत्यामा सम्लग्नमध्ये केही प्रकाउ परेको प्रहरीले जनाएको छ ।

Advertisement

यस्तै, पाँचथरको याङवरक गाउँपालिका–६, नागीमा छुरा प्रहारबाट एक जनाको हत्या भएको छ । बुधबार बिहान ११ बजेतिर याङवरक गाउँपालिका–६ नागीका अन्दाजी २०र२२ वर्षका आइतराज योङहाङको छुरा प्रहारबाट ताप्लेजुङको सिदिङवा गाउँपालिकाका ४० वर्षीय अर्जुन मावोको ज्यान गएको हो ।

ज्यान गुमाएका मावो छुरा प्रहार गर्ने योङहाङको फुपाजु भएको प्रहरीले जनाएको छ। मावो ससुराली घरमा घर ज्वाइँ बस्दै आएका थिए।

घरको आँगनमा २ जनाबीच कुराकानी भइरहेको बेलामा योङहाङले मावोलाई एक्कासी छुरा प्रहार गरेका थिए । छुरा प्रहारपछि मावोको घटनास्थलमा नै ज्यान गएको वडाध्यक्ष ताराबहादुर योङहाङले जानकारी दिए ।

योङहाङले मावोलाई दाहिने पेटमा छुरा प्रहार गरेको बताइएको छ । योङहाङलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरको टोली गइरहेको प्रहरी निरीक्षक ९इन्सपेक्टर० अनिलकुमार पौडेलले बताए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्