राष्ट्रिय ह्याण्डबल टोलीमा विदेशी प्रशिक्षक
नेपालबहस संवाददाता
असोज २३, २०७६ बिहिबार १६:५७:३१
२३ असोज, कास्की । नेपाली राष्ट्रिय ह्यान्डबल टोलीलाई प्रशिक्षणका लागि पोर्चुगलका ह्यान्डबल प्रशिक्षक पोखरा आएका छन् ।
नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद ‘साग’ तयारीमा रहेको नेपाली टोलीलाई प्रशिक्षणका लागि प्रशिक्षक जोआ फ्लोरेन्सियो यहाँ आएको नेपाल ह्यान्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङले बताए ।
आगामी तीन महीनाका लागि नेपाली टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी पाएका उनी राष्ट्रिय खेलकूद परिषद्को सहयोग र सङ्घको निमन्त्रणामा आएका हुन् । प्रशिक्षक फ्लोरेन्सियोले आजदेखि प्रशिक्षण शुरु गर्ने बताइएको छ । उनलाई बुधबार पोखरा विमानस्थलमा सङ्घका पदाधिकारीहरुले स्वागत गरेका थिए ।
आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने सागको तयारीका लागि ह्यान्डबलको महिला २२ र पुरुष २२ खेलाडी पोखरा रङ्गशालास्थित ह्याण्डबल एकेडेमीमा बन्द प्रशिक्षणमा रहेका छन् ।
सागमा महिला तथा पुरुष ह्यान्डबलको प्रतिस्पर्धा पोखरामा सञ्चालन गर्ने तयारी गरिएको छ । प्रशिक्षक फ्लोरेन्सियोसँग पोर्चुगलको युवा ह्यान्डबल टोली तथा दुई वर्ष अफ्रिकाको अङ्गोलामा प्रशिक्षण गराएको अनुभवबाट नेपाली टोलीले लाभ लिने सङ्घका सचिव केशव पाठकले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वाधार अभावमा पनि खेलकुदमा सुदूरपश्चिम अब्बल
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार