प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट विजया दशमीको टीका प्रदान
Advertisement

२३ असोज, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरु, पूर्व प्रहरी कर्मचारीहरु एवम् प्रहरी परिवारलाई विजया दशमी २०७६ का अवसरमा बुधबार टीका लगाइ दिएका छन् ।

विजया दशमीका अवसरमा टीका ग्रहण गर्ने सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरु, पूर्व प्रहरी कर्मचारीहरु एवम् प्रहरी परिवारलाई प्रहरी महानिरीक्षक खनालले सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गरे ।

Advertisement

सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती प्रमीला खनालले उक्त संघका पदाधिकारी एवम् सदस्यहरुलाई टीका लगाउनुको साथै टीका ग्रहणका लागि उपस्थित महानुभावहरुलाई जमरा र प्रसाद प्रदान गरे ।  टीका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।

Advertisement
अघिल्लो लेखपूर्व प्रम र राजदूत बालुवाटारमा
अर्को लेखसीको स्वागतमा नक्कलीपन
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्