राष्ट्रपति सीको भ्रमणबाट बौद्ध दर्शन र संस्कृति थप प्रवद्र्धन हुने
Advertisement

२३ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिन पिङ आगामी शनिबार दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं आउँदै छन् ।

सीको भ्रमण फलदायी बनाउन सरकारको ध्यान केन्द्रित छ । तर कतिपय कुरा भने नक्कली र अस्थायी प्रकृतिका छन् जो आफैंमा लाजमर्दाे लागिरहेको छ । सरकारले चिनियाँ पाहुनालाई देखाउनकै लागि भनेर राजधानीको तीनकुनेस्थित खुला चौरलाई सिंगारपेटार गरेको छ । यसका लागि तीन कुने वरिपरी नक्कली लेपन गर्ने काम भइरहेको छ ।

फोहरको डुंगुर रहेको सो स्थानलाई सिंगार्न अहिले वरिपरी नक्कली दुबो र बिरुवा राखिएका छन् । सरकारको यो रबैयाले भैंसीलाई क्रिम पाउडर दलेर राम्रो बनाउन खोजेको प्रतीत हुन्छ ।

Advertisement

सरकारको यो नक्कली कामप्रति नागरिक तहबाटै चर्काे विरोध भएको छ । यो प्रवृत्तिले मुलुकको लाज छोपिने भन्दा पनि लाचारी चाहिं उदांगो हुने देखिएको छ । कतिपय स्थानमा सरकारले फोहर नदेखियोस् भनेर ठूल्ठूला ब्यानर र तुल राख्ने गरेको छ । यसै क्रममा बिजुली बजारमा फोहर छोप्न राखिएको व्यानर गए राति च्यातिएको छ ।

राति जाँड खाएर आएका युवाले आक्रोश पोख्दै व्यानर च्याति दिएका छन् । यसैक्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । व्यानर च्यातिएसँगै सुरक्षा अवस्था पनि कमजोर रहेको देखिएको छ । चिनियाँ राष्ट्रपति सी सवार हुने यो रुटमा सुरक्षा चुनौती समेत कमजोर रहेको प्रष्ट भएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्