नेपाल ओमानसँग ६ विकेटले पराजित
नेपालबहस संवाददाता
असोज २३, २०७६ शुक्रबार ०:३१:३२
२३ असोज काठमाडौं । पाँच देशीय टी-ट्वान्टी क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाल पराजित भएको छ । बिहिबार भएको खेलमा नेपाल आयोजक ओमानसँग ६ विकेटले पराजित भएको हो ।
अल अम्रेट क्रिकेट मैदानमा नेपालले दिएको ६५ रनको लक्ष्य ओमानले ११ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । पहिलो ओभरमै विकेट लिदै सन्दीप लामिछानेले नेपाललाई राम्रो सुरुवात दिलाएका थिए ।
उनले ओमानका ओपनर ओकीब इलियासलाई शुन्य रनमा पेविलियनको बाटो देखाएका थिए । तर, सुरज कुमारले अविजित ४२ रन बनाउँदै ओमानको जितको आधार तयार गरेका थिए । ओमानका अन्य ब्याट्सम्यानले समेत दोहोरो अंकको स्कोर छुन सकेनन् ।
नेपालका करण केसीले २ तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान एक एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले ११ ओभरमा अलआउट हुदै ६४ रन बनाएको थियो ।
ओपनरद्वय ईशान पाण्डे र कप्तान पारस खड्का सस्तैमा आउट भएको खेलमा नेपालले लगातार विकेट गुमाएको थियो ।ईशान २ तथा पारस ५ रनमा आउट भएको खेलमा दिपेन्द्र सिंह ऐरी ११, बिनोद भण्डारी ४, आरिफ शेख २० र सन्दीप जोरा शुन्य रनमा पेविलियन फर्किएका थिए ।
सोमपाल कामी ८, सन्दीप लामिछाने २, करण केसी ८ तथा अभिनाष बोहरा २ रनमा आउट भए ।ओमानका आमिर खालिमले सर्वाधिक ५ विकेट लिएका थिए ।
पाँच देशीय टी–ट्वान्टी सिरिजमा ओमानले ४ खेलबाट ८ अंक जोड्दै सिरिज कब्जा गर्यो । आयरल्याण्ड ६ अंक सहित दोस्रो स्थानमा रह्यो । नेपाल समेत ४ अंक जोडेर तेस्रो स्थानमा रह्यो । नेदरल्याण्ड २ अंक सहित चौथो र अंक विहिन हङकङ पुछारमा रह्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
नेपाल 'ए' र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रुद्ध
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार