नेपाल अष्ट्रेलियासँग ५-० ले पराजित
नेपालबहस संवाददाता
असोज २३, २०७६ शुक्रबार ०:५९:५४
२३ असोज काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । अष्ट्रेलियाको क्यानबेरामा बिहिबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ५-० गोल अन्तरले पराजित भएको हो ।
जियो स्टेडियममा अष्ट्रेलियालाई जित दिलाउन जेमी म्याक्लारेनले ह्याट्रिक गरे । ह्यारी साउट्टरले एक गोल गर्दा एक गोल आत्मघाती पाएको थियो । नेपालका दिनेश राजवंशीले आत्मघाती गोल गरे ।
पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलियाविरुद्ध नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा २ गोल खाएको थियो । फिफा वरीयतामा ११७ औं स्थान माथिको अष्ट्रेलियाविरुद्ध नेपालले एक पटक पनि उत्कृष्ट पोस्ट आक्रमण गर्न सकेन् ।
कमजोर टिम नेपालविरुद्ध अष्ट्रेलियाले खेलको छैटौं मिनेटमा म्याक्लारेनको गोलबाट अग्रता बनाएको थियो । खेलको १९ औं मिनेटमा म्याक्लारेनले व्यक्तिगत दोस्रो गोल गर्दै अष्ट्रेलियालाई २-० को अग्रता दिलाए । खेलको २३ औं मिनेटमा ह्यारीले गोल गर्दै अष्ट्रेलियालाई पहिलो हाफमा ३-० को अग्रता दिलाए ।
खेलको ५९ औं मिनेटमा दिनेशले आत्मघाती गोल गर्दा अष्ट्रेलिया ४-० ले अघि रह्यो । त्यसपछि खेलको ९० औं मिनेटमा म्याक्लारेनले व्यक्तिगत तेस्रो गोल गरेर ह्याट्रिक पुरा गर्दै अष्ट्रेलियालाई ५-० को जित दिलाए । जितसँगै समूह ‘बी’ को अष्ट्रेलियाले २ खेलमा शतप्रतिशत जित निकालेको छ । र अष्ट्रेलियाले २ खेलमा ६ अंक जोडेको छ । अष्ट्रेलिया समूहको शीर्ष स्थानमा रहेको छ ।
नेपालको भने यो दोस्रो हार हो । यसअघि नेपालले कुवेतसँग ७-० को हार व्यहोरेको थियो । नेपालले ३ खेलमा ३ अंक जोडेको छ । नेपालले चाईनिज ताइपेलाई २-० ले हराएको थियो । नेपाल समूहको चौंथो स्थानमा रहेको छ । अब नेपालले चौंथो खेलमा जोर्डनको सामना गर्नेछ । नेपालले जोर्डनसँग अक्टोबर १५ मा उसैको मैदानमा खेल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो रुपमा भक्तपुरमा महिला कबड्डी प्रतियोगिता हुने
फागुन २८, २०८० सोमबार
पर्यटन प्रवर्द्धन गर्न रोटरीको ‘मिनी म्याराथन’
माघ २२, २०८० सोमबार
राष्ट्रपति रनिङ शिल्ड प्रतिगिताले ग्रामीण क्षेत्रमा बढायो ‘खेलकुद क्रेज’
माघ ३, २०८० बुधबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
घोप्टेभिरमा सडक ढलान गरिँदै
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
लम्साल, शर्मा र पौड्यालमध्ये को होला सचिवमा बढुवा ?
चैत १५, २०८० बिहिबार
एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार