चिनियाँ राष्ट्रपति सीको भ्रमणमा पत्रकारलाई 'ड्रेस कोड'
Advertisement

२३ असोज, काठमाडौं । सूचना तथा प्रसारण विभागले चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको रिपोर्टिङ गर्ने पत्रकारलाई ड्रेस कोड तोकेको छ।

विभागले निकालेको सूचनामा सरकारी मिडियाका पत्रकारका लागि राष्ट्रिय पोषाक र निजी मिडियाका पत्रकारलाई पुरुषका लागि ‘टाइसहित सुट सेट’ र महिलाका लागि ‘सुट सेट, सारी वा सभ्य कुर्ता’ तोकिएको छ।

निजी सञ्चारमाध्यमका एकजना पत्रचिनियाँ राष्ट्रपति सीको भ्रमणमा पत्रकारलाई ‘ड्रेस कोड’कार र एकजना फोटो पत्रकारलाई सरकारले रिपोर्टिङका लागि पास दिएको छ। राष्ट्रपति सी नेपाल र भारतको भ्रमणका लागि भोलि ‘शुक्रबार’ निस्कँदैछन्। शनिबार दिउँसो नेपाल आइपुग्ने उनी आइतबार स्वदेश फर्किनेछन्।

Advertisement

राष्ट्रपति सी शनिबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछन्। साढे ४ बजे उनी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न राष्ट्रपति कार्यालय शीतलनिवास पुग्नेछन्।

आइतबार बिहान साढे ८ बजे होटल सोल्टीमा चीन नेपाल द्वीपक्षीय वार्ता हुनेछ। उक्त वार्ता सकेर उनी साढे १० बजे स्वदेश फिर्तीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन्।

Advertisement
अघिल्लो लेखदुई सय ४३ उद्योग खारेज
अर्को लेखदशैंको टिका जस्तै शेयर बजारमा पनि रातो रङ्ग
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्