share market
Advertisement

२३ असोज काठमाडौं : दशैँको बिदा सकिएलगत्तै खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । विजयको प्रतिक रातो टिका र जमाराको पर्व दशैंको रौनक नसकिँदै खुलेको बजारले भने लगानीकर्तालाई निराश पार्न छोडेको छैन ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.३९ विन्दुले घटेर एक हजार १४९.०१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचकसमेत ०.०४ विन्दुले घटेर २५१.९३ विन्दुमा पुगेको छ ।

स्टकका अनुसार नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत सस्तोमा समेटिएको छ । कूल १२१ कम्पनीको दुई लाख ३२ हजार ६१९ कित्ता शेयर रु छ करोड ३८ लाख ४५ हजार ४११ मूल्यमा खरीद बिक्री भए ।

Advertisement

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर ओरालो लागेको छ भने छ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १.४, विकास बैंक २.११, जलविद्युत् १.१२, वित्त २.८९, निर्जीवन बीमा ७.४२ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेका छन् ।

यस्तै होटल १.५४, उत्पादन २.८५, अन्य ४.०६, लघुवित्त २.४२, जीवन बीमा ४५.१३ विन्दुले घटेका छन् । स्टकका अनुसार कारोवारका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड ५५ लाख पाँच हजार ४२६, सिदार्थ बैंक रु ३९ लाख ७५ हजार ६८२, महालक्ष्मी विकास बैंक रु ३५ लाख १५ हजार ४९१, नेपाल इन्भेस्टमेन्ट बैंक रु ३४ लाख ५८ हजार, सनराइज बैंक रु १३ लाख १६ हजार ७०९ र शिवम् सिमेन्ट रु १२ लाख ९३ हजार २२५ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।

यस्तै गुडवील फाइनान्सका लगानीकर्ताले ७.६९ प्रतिशतले कमाउँदा नेपाल इन्स्योरेन्स कम्पनी ५.२८, बोटलर्स नेपाल ३.९८, एनएमी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ३.८३ प्रतिशतले कमाए । त्यस्तै नेपाल सेवा लघुवित्त वित्तीय संस्था ३.६३, अपि पावर कम्पनी २.६०, रिलायन्स फाइनान्स २.६०, नागरिक लगानी कोष २.३६ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले २.११ प्रतिशतले गुमाए ।

Advertisement
अघिल्लो लेखचिनियाँ राष्ट्रपति सीको भ्रमणमा पत्रकारलाई ‘ड्रेस कोड’
अर्को लेखइक्वेडरमा इन्धनको मूल्य बृद्धिको विरोध जारी
नेपाल बहस

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्