इक्वेडरमा इन्धनको मूल्य बृद्धिको विरोध जारी
नेपालबहस संवाददाता
असोज २३, २०७६ शुक्रबार ४:५:२३
२३ असोज, क्विटो। इक्वेडरमा इन्धनको मूल्य वृद्धिको विरोधमा एक हप्ता अघिबाट शुरु भएको हिंसात्मक झडप जारी रहेको छ ।
गत अक्टोबर १ मा राष्ट्रपति लेनिन मोरेनोले इन्धनको लागतलाई कम गर्दै सरकारी अनुदान अन्त्य गर्ने घोषणा गर्नु भएको थियो । जसको कारण १२३ प्रतिशत सम्म इन्धनको मूल्य वृद्धि हुने भएको थियो ।
यो उपाय अन्तर्रािष्ट्रय मुद्रा कोषमा सहमति भएका सुधारहरू मध्येको एक हो । जसले इक्वेडरलाई ४.२ अर्ब डलर क्रृण लिन मद्दत र्पुयाउँछ । अक्टोबर २ मा करिब ३०० प्रदर्शनकारीहरू राजधानीमा केन्द्रीय बैंक बाहिर जम्मा भएर विरोध प्रदर्शनको गर्नुको साथै मोरेनोको राजीनामाको माग गरेका थिए ।
सरकारी मुख्यालयनजिकै रहेको क्विटोको ऐतिहासिक केन्द्रमा आदिवासी समूह, किसान, विद्यार्थी र मजदुर युनियनको प्रतिनिधित्व गर्ने हजारौं व्यक्तिहरूले प्रदर्शन जारी राखेका छन् ।
प्रदर्शनको क्रममा सुरक्षाबल गरेको कारबाही करिव ३० जना घाइते छन् र दर्जनौं पक्राउ परेका छन् । बस र ट्याक्सीहरू क्विटो र अन्य शहरहरूमा हडताल गरेका छन् । राष्ट्रपति मोरेनोले सङ्कटकालीन घोषणा गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि
बैशाख ६, २०८१ बिहिबार
दुबईमा भीषण बर्षा, जनजीवन अस्तब्यस्त
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार