आँखाको दृष्टि कमजोर भएका दुई सय विद्यार्थीलाई निःशुल्क चश्मा
Advertisement

२३ असोज नयाँदिल्ली । भारतमा हालै गरिएको अन्धोपनसम्बन्धी राष्ट्रव्यापी सर्वेक्षण ‘२०१५–२०१९’ मा व्यक्तिको आँखाको दृष्टिसम्बन्धी असमर्थतामा ५२ प्रतिशतले सुधार आएको देखाएको छ ।

विश्व स्वास्थ्य संगठनले अन्धोपन निवारणमा २५ प्रतिशत सुधार गर्ने लक्ष्य राखेकामा त्योभन्दा निकै प्रगति भएको सर्वेक्षणमा उल्लेख छ ।

उक्त सर्वेक्षण अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स०को सहयोगमा स्वास्थ्य मन्त्रालयले गरेको थियो । यस सर्वेक्षणमा २४ वटा राज्य तथा केन्द्र शासित प्रदेश समेटिएको थियो । सर्वेक्षणमा करिब १ लाख ११ हजार व्यक्तिको आँखा परीक्षण गरिएको थियो ।

Advertisement

सन् २००६–७ मा स्वास्थ्य मन्त्रालयले गरेको गरेको यस्तै सर्वेक्षणमा आँखाको समस्या भएका व्यक्तिको संख्या करिब ५।३० प्रतिशत थियो । पछिल्लो सर्वेक्षणले दृष्टिको अवस्थामा सुधार आई २।५५ प्रतिशत देखिएको छ ।

साथै दृष्टिविहीनताको अवस्थामा पनि ०।३६ प्रतिशतले कमी आएको छ जबकी २००६–७ मा यो ०.६८ प्रतिशत थियो ।एम्सका डा अतुल कुमारका अनुसार विश्व स्वास्थ्य संगठनले सन् २०१९ सम्ममा दृष्टिको समस्यामा २५ प्रतिशतले कमी ल्याउने लक्ष्य राखेको जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनले अघिल्लो साता सार्वजनिक गरेको प्रतिवेदनमा विश्वभर करिब २ अर्ब २० करोड मानिसमा आँखाको ज्योति सम्बन्धी समस्या रहेको देखाएको छ । तीमध्ये करिब १ अर्ब मानिसको आँखाको उपचार सम्भव रहेको छ ।

Advertisement
  • ट्यागहरु
  • ey
अघिल्लो लेखसार्क शिक्षामन्त्रीस्तरीय बैठकमा नेपालको प्रगतिबारे जानकारी
अर्को लेखराष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्कदै
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्