भन्सार छलि ल्याएका २५ वटा खशी बरामद
Advertisement

२४ असोज बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले भन्सार छली चोरी वैठारी गरेर बेवारिसे अवस्थामा छोडिएका खशी बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाका अनुसार  बिहीबार करिब साढे २ बजेतिर बढैयाताल गाउँपालिका वडा न.२ फुटाहा स्थित सडक बाटो छेउमा प्रहरी चौकी जमुनी खटिएको प्रहरी टोलीले गस्ति गर्दै जाने क्रममा भारतबाट भन्सार छली चोरी पैठारी गरी बेवारिसे अवस्थामा छोडिएका करिव २५ वटा खसी बरामद गरिएको हो ।

प्रहरीका अनसार बरामद गरिएको २५ वटा खसीको मुल्य अन्दाजी तिन लाख पचहत्तर हजार पर्ने अनुमान गरिएको छ । बर्दिया जिल्ल प्रहरी कार्यालयका अनुुसार बरामद गरिएका २५ वटै खसी आबश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय पठाईएको ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्