ट्विटरले प्रयोगकर्तासँग माफी माग्यो
Advertisement

२४ असोज एजेन्सी । सामाजिक सञ्जाल ट्विटरले आफ्ना प्रयोगकर्तासंग माफी मागेको छ । अनजानमा आफ्ना खाताहरूको सुरक्षाका लागि प्रयोगकर्ताले उसलाई प्रदान गरेका इमेल ठेगानाहरू र फोन नम्बरहरू कतिपय लक्षित विज्ञापनहरूका लागि खुला हुन पुगेकोमा ट्विटरले माफी मागेको हो ।

कम्पनीले भनेको छ, कुनै प्रयोगकर्ताले आफ्नो सूचना त्यस प्रयोजनका लागि प्रयोग नहोस् भन्ने चाहदाँचाहदैँ पनि तेस्रो पक्षका विज्ञापनकर्ताहरू ट्विटरमा रहेको सम्पर्क विवरणका आधारमा उनीहरू समक्ष पुगेका हुनसक्छन्।

एउटा वक्तव्यमा ट्विटरले, ‘कति मानिसहरू यसबाट प्रभावित भए भन्ने उसले भन्न नसक्ने’ बताएको छ। तर बीबीसीका बुझाइमा विश्वभरका प्रयोगकर्तालाई यसले प्रभावित पार्छ। कम्पनीले कानुन उलङ्घनबारे सक्रिय रूपमा सीधा ग्राहकहरूसँग सम्पर्क गरेको छैन।

Advertisement

उसले उक्त समस्या कहिले पत्ता लगायो भन्ने जनाएको छैन। तर गत सेप्टेम्बर १७ तारिखमा उक्त समस्या हल गरेको बताएको छ। उसले भनेको छ, ‘सुरक्षाका लागि सङ्कलन गरिएका इमेल र फोन नम्बरहरू उसले विज्ञापन प्रयोजनका लागि प्रयोग गरिरहेको छैन।’

ट्विटरले आवश्यक परेका स्थानमा नियामकहरूलाई जानकारी गराइरहेको जनाएको छ। तर डब्लिनमा युरोपेली मुख्यालय भएको उक्त कम्पनीले आइरिस डेटा प्रोटेक्सन कमिसनरलाई त्यसबारे जानकारी दएकोबारे पुष्टि गरेको छैन।

युरोपेली कानुन अनुसार जुन उद्देश्यका लागि लिइएको डेटा हो त्यसबाहेक अन्य प्रयोजनमा त्यसको प्रयोग हुन्छ भने त्यसबारे प्रयोगकर्तालाई जानकारी दिनु आवश्यक हुन्छ।

Advertisement
अघिल्लो लेखबेल्जियम युरो कपमा छनोट
अर्को लेखकानुन पालनामा अवरोध गरेका कारण ट्रम्प दोषी
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्