नेपाली टोली स्वदेश फिर्ता
नेपालबहस संवाददाता
असोज २४, २०७६ शुक्रबार १९:४२:५३
२४ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली सिङ्गापुर र ओमानमा भएका दुई वटा टी ट्वान्टी क्रिकेट सिरिज खेलेर आज स्वदेश फर्किएका छन् ।
टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले स्वागत गर्नुभयो । सिङ्गापुरमा भएको तीन देश सहभागी सिरिजमा नेपाल जिम्बावेसँग दुवै खेलमा पराजित भएको थियो ।
त्यस्तै नेपालले सिङ्गापुरलाई एक खेलमा पराजित गरेको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो । सिङ्गापुरबाट सिधै ओमान गएको नेपाली टोलीले त्यहाँ पाँच देशीय टी–ट्वान्टी सिरिज खेलेको थियो ।
जसमा नेपालले नेदरल्यान्डस् र हङकङलाई पराजित गरेको थियो भने आयरल्यान्ड र ओमानसँग पराजित भएको थियो ।उक्त प्रतियोगितामा नेपालसहित ओमान, हङकङ, नेदरल्यान्डस् र आयरल्यान्ड सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
नेपाल 'ए' र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रुद्ध
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार