सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
Advertisement

२४ असोज, सिन्धुपाल्चोक । दशैँ मनाएर काठमाडौं आउदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या ११ जना पुगिसकेको छ ।

करिब ४० जना घाइते भएका छन् । घाइते २३ जनालाई  नेपाली सेनाको एमआई–१७ र अर्का एक निजी कम्पनीको हेलिकोप्टरबाट उद्दार गरेर काठमाडौं ल्याइएको छ । उद्धार गरेर काठमाडौं ल्याइएका उनीहरुलाई काठमाडौंको विभिन्न हस्पिटलमा भर्ना गरिएको छ ।

सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दुर्घटना भएको थियो । बसमा सवार ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जना अस्पताल ल्याउँदा ल्याउँदै र अन्य ५ जनाको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।

Advertisement

मृत्यु हुनेमध्ये इन्द्रावती-९ की ४६ वर्षीय जुनादेवी लम्साल र इन्द्रावती-१० का २० वर्षीय गणेश तामाङको मात्रै सनाखत भएको छ । अन्यको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ग्रामिण सडकमा रहेको घुम्ती पार गर्ने क्रममा बस सडकबाट अन्दाजी ६० मिटर तल खसेको थियो । दूर्घटनाको कारणबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

Advertisement
अघिल्लो लेखनेपाली टोली स्वदेश फिर्ता
अर्को लेखपहिलो पटक लामिछाने आईसीसी टी-ट्वान्टीको वरियतामा
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्