पहिलो पटक लामिछाने आईसीसी टी-ट्वान्टीको वरियतामा
Advertisement

२४ असोज, काठमाडौं । नेपालमा युवा लेग स्पिनर  पहिलो पटक आईसीसीको टी-ट्वान्टी क्रिकेटको वरियतामा अटाएका छन् ।

अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको टी-ट्वान्टी क्रिकेटको नयाँ वरियतामा सन्दीपसँगै करण केसी र अविनाश बोहरा पनि पहिलोपटक अटाएका छन् ।

आईसीसीले अपडेट गरेको नयाँ वरियताको बलिङतर्फ सन्दीप ६४ औं स्थानमा रहेका छन् । सन्दीपले ४२२ रेटिङ अंक पाएका छन् । नेपाली बलरहरुमा सन्दीप शीर्ष स्थानमा छन् । यस्तै ३७७ रेटिङ अंक पाएका करण ८३ औं स्थानमा रहेका छन् । ३५२ रेटिङ अंक पाएका अविनाश १०० औं स्थानमा छन् ।

Advertisement

यसअघि नेपालका कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मी पर्दै आएका थिए । बलिङतर्फ सोमपाल ४०८ रेटिङ अंकसहित ६८ औं स्थानमा छन् । ३८६ रेटिङ अंक पाएका बसन्त ९० औं स्थानमा झरेका छन् ।

टी-ट्वान्टीको अलराउण्डर वरियतातर्फ कप्तान पारस २४ औं स्थानमा उक्लिएका छन् । कप्तान पारसले १०८ रेटिङ अंक पाएका छन् । कप्तान पारसको सर्वाधिक उच्च वरियता भने २५ रहेको छ । तर, कप्तान पारस अलराउण्डरमा वेष्ट इण्डिजका क्रिस गेल, आन्द्रे रसेल, भारतका सुरेश रैना, हार्दिक पाण्डाय, रोहित शर्मा, अफगानिस्तानका राशिद खान र इंग्ल्याण्डका बेन स्टोक्स भन्दा अघि रहेका छन् ।

यस्तै अलराउण्डरतर्फ ५९ रेटिङ अंक पाएका नेपालका सोमपाल ६२ औं स्थानमा यथावत रहेका छन् । अलराउण्डतर्फ करण ४२ रेटिङ अंकसहित ८२ औं स्थानमा छन् ।

ब्याटिङतर्फ कप्तान पारसले ठुलो फड्को मारेका छन् । कप्तान पारस ४५ औं स्थानमा उक्लिएका छन् । पारसले दुई साता अघि सिंगापुरमा भएको त्रिकोणात्मक सिरिज अन्तर्गत घरेलु टिमविरुद्धको कीर्तिमानी शतक प्रहार गरेका थिए ।

४६६ रेटिङ अंक पाएका कप्तान पारस अघिल्लो पटक ६६ औं स्थानमा रहेका थिए । ब्याटिङतर्फ भारतका महेन्द्र सिंह धोनी र वेष्ट इण्डिजका क्रिस गेल भन्दा अघि रहेका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्