रेनल्टद्वारा प्रमुख कार्यकारी बर्खास्त
Advertisement

२४ असोज, पेरिस । फ्रान्सेली कार निर्माता कम्पनी रेनल्टले आफ्ना प्रमुख कार्यकारी थिएरी बोल्लोरलाई पदबाट बर्खास्त गरेको शुक्रबार घोषणा गरेको छ ।

कम्पनीको पूर्व प्रमुख कार्लोस गोउनलाई वित्तीय अपचलनको आरोपमा जापानी अधिकारीहरुले पक्राउ गरेपछि नौ महिना अघिमात्र थिएरीलाई प्रमुख कार्यकारीमा नियुक्त गरिएको थियो । कम्पनीले जारी गरेको संक्षिप्त वक्तव्यमा थिएरीलाई बर्खास्त गर्नुको कारण भने खुलाइएको छैन ।

नयाँ प्रमुख कार्यकारी नियुक्त नहुँदासम्म प्रमुख वित्तीय अधिकृत क्लोटिल्ड डेल्बोसलाई प्रमुख कार्यकारीको रुपमा कार्य गर्न अस्थायी जिम्मेवारी दिइएको पनि विज्ञप्तिमा उल्लेख छ ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्