सन् २०१९ भित्र गरीबीको रेखामुनि रहेका ९५ प्रतिशत चिनियाँलाई गरिबीबाट माथि उठाइने
Advertisement

२५ असोज एजेन्सी । चीनको गरिबीको रेखामूनि रहेको जनसङ्ख्याको ९५ प्रतिशत जनसङ्ख्यालाई सन् २०१९ भित्र गरीबीबाट मुक्त गरिने चिनियाँ उच्च अधिकारीले शुक्रबार बताएका छन् ।

गरिबी निवारण तथा विकासका लागि राज्य परिषद् नेतृत्व समूहका निर्देशक लिउ योङ्फुले भने, “चीनका ९० प्रतिशतभन्दा बढी गरीब काउन्टी (इलाका) को गरिबी यस बर्षभित्र अन्त्य गरिने योजना चीनको छ । राज्यका विभिन्न निकायहरूले यस योजनालाई साकाररूप दिन युद्धस्तरमा काम गरिरहेको छ ।”

“चीनको गरिबी नियन्त्रणका लागि भएको निरन्तरको प्रयासबाट आगामी बर्ष अर्थात् सन् २०२० सम्ममा यहाँका जनतालाई गरिबीको रेखामूनिबाट बाहिर ल्याइनेछ,” उनले भने ।

Advertisement

चीनले विगत केही दशकमा गरिबीविरूद्धको लडाईमा ऐतिहासिक सफलता पाएको छ । यसैकारणगरिबी नियन्त्रणका लागि चीनलाई विश्वकै नमूनाका रूपमा विश्वले हेर्ने गरेको छ ।

चीनको सरकारी तथ्याङ्क अनुसार सन् २०१८ मा ग्रामिण क्षेत्रमा वसोबास गर्ने एक करोड ३८ लाख ६० हजार जनसङ्ख्या गरिबीबाट बाहिर आएको देखाएको छ । सन् २०१२ मा गरिबीको रेखामूनि रहेको चिनियाँ जनसङ्ख्या नौ करोड ८९ लाख ९० हजार रहेकोमा सन् २०१८ को अन्त्यसम्ममा यो सङ्ख्या एक करोड ६० लाख ६० हजारमा झरेको छ ।

चीनका राष्ट्रपति सी जिन पिङले सन् २०२२ सम्ममा चीनबाट गरिबीलाई पूर्णरूपमा अन्त्य गर्ने घोषणा अनुसार चीनले यहाँको गरिबीलाई निरन्तर तथा युद्धस्तरमा घटाउँदै गएको छ ।

Advertisement
अघिल्लो लेखएडिबीले सार्वजनिक ग¥यो पञ्चवर्षीय रणनीति
अर्को लेखदक्षिण कोरियाले एक लाख सेना घटाउने
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्