दक्षिण कोरियाले एक लाख सेना घटाउने
Advertisement

२५ असोज, एजेन्सी । दक्षिण कोरियाले आगामी तीन बर्षभित्रमा सेनाको संख्या तीन लाख घटाउने जनाएको छ । देशको जनसङ्ख्या अत्यधिक घटेकाले सेनाको संख्या पनि घटाउन लागिएको सेना प्रमुखले शुक्रबार जानकारी दिएको अन्तराष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

उनले सन् २०२२ सम्ममा सेनाको सङ्ख्या घटाउने बताएका हुन् । दक्षिण कोरियामा अहिले चार लाख ६४ हजार सेना रहेकोमा त्यसबाट एक लाख घटाइने भएको उनले बताए ।

दक्षिण कोरियाको समाचार संस्था होन्याप लेखेको समाचार अनुसार सन् २०२५ सम्ममा सेनाको ३८ डिभिजनबाट ३३ डिभिजन बनाइने छ ।

Advertisement

सवैगरी दक्षिण कोरियाका सुरक्षाकर्मीहरूको सङ्ख्या झण्डै छ लाख रहेको र यो सङ्ख्या उत्तर कोरियाकोभन्दा निकै कम रहेको दक्षिण कोरियाको सन् २०१८ को स्वेतपत्रमा उल्लेख गरिएको थियो । विश्लेषकहरुले उत्तर कोरियासँग २० देखि ६० आणविक हतियारहरु रहेको पनि अनुमान गरेका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्