‘नेपालमा स्वागत छ ! राष्ट्रपति सी चिनफिङ !'
Advertisement

२५ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई सामाजिक सञ्जालमार्फत नै नेपालमा स्वागत गरेका छन् ।

देउवाले सामाजिक सञ्जाल ट्वीटरमा चिनियाँ भाषामा नै सन्देश लेखेर सीको स्वागत गरेका छन् । शनिबार दिउँसो चिनियाँ भाषामा ट्वीट गर्दै देउवाले लेखेका छन्– ‘नेपालमा स्वागत छ ! राष्ट्रपति सी चिनफिङ ।’

Advertisement

शनिबार अपराह्न ५ बजेरित काठमाडौं आइपुग्ने चिनियाँ राष्ट्रपति सीले आफ्नो पहिलो राजनीतिक भेटघाट देउवासँगै गर्ने कार्यक्रम छ ।

५ बजे काठमाडौं आइपुग्ने सीले राष्ट्रपति भवन शीतल निवास पुगेर समकक्षी विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने छन् ।राष्ट्रपति भण्डारीसँगको भेटवार्ता पनि सीले प्रमुख प्रतिपक्षी दलका सभापति तथा संसदीय दलका नेता देउवासँग भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०सँग भने आइतबार मात्रै भेटवार्ता हुने जनाइएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्