राष्ट्रपति सीको उच्च सुरक्षा : सडकदेखि अग्ला घरका छतमा सेना !
Advertisement

२५ असोज, काठमाडौं ।  काठमाडौंमा शनिबार बिहानैदेखि चिनियाँ राष्ट्रपति सी जिनफिङको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालनपारिएको छ । राष्ट्रपति सीको नेपाल भ्रमणलाई लक्षित गरी राजधानी काठमाडौंको सडकदेखि आकाशको सुरक्षा गर्न घरको छतमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ ।

राष्ट्रपति सीको उच्च सुरक्षा गर्दै सडकदेखि अग्ला घरका छतमा पनि अत्याधुनिक हतियारसहितका सेना खटाइएको छ  । घरका छतमा खटिएका सेनाले अत्याधुनिक दुरविन प्रयोग गरी निगरानी गर्दै आएका छन् । सीलाई सुरक्षा दिन काठमाडौंको सडकमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान विभागको टोली परिचालन गरिएको छ ।

सुरक्षाका लागि करिब १५ हजार सुरक्षाकर्मी काठमाडौंमा परिचालन गरिएको गृहमन्त्रालय स्रोतले बताएको छ । सुरक्षाकर्मीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सवारी रुट, चिनियाँ राष्ट्रपति सी बस्ने सोल्टी होटल तथा अन्य संवेदनशील स्थानमा खटाइएको छ ।

Advertisement

सी काठमाडौं आउनुअघि नै चिनियाँ जनमुक्ति सेनाको कमाण्डो टोली नेपाल आएर सुक्ष्म निगरानी गर्दै आएको छ । चिनियाँ जनमुक्ति सेना सादा पोशाकमा परिचालित हुने गृह मन्त्रालयले जनाएको छ ।

सी दुईदिने औपचारिक भ्रमणका लागि भारतको चेन्नाई हुँदै नेपाल भ्रमणमा आउन लागेका हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमा स्वागत गर्नेछिन् । चिनियाँ राष्ट्रपति सी काठमाडौं अवतरण गर्दा विमानस्थलसमेत करिब दुई घण्टा बन्द गरिने छ । उनी आइतबार स्वदेश फर्किने कार्यक्रम छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्