चिनिया राष्ट्रपतिको नेपाल र भारत भ्रमणभित्रका विशेषता
Advertisement

असोज २५, काठमाडौं । दुई दिवसीय राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ केही बेर अघि मात्र काठमाडौं आइपुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी शनिवार विशेष विमानबाट त्रिभवुन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। सि भारतको चेन्नाईबाट नेपाल आएका हुन् ।

चिनियाँ राष्ट्रपतिलाई राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागतगर्ने कार्यक्रम छ । सिले नेपाली समकक्षी भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ ।

Advertisement

आइतवार बिहानैदेखि चिनियाँ विशिष्ट अतिथि सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम पनि रहेको छ । चीनका राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्