प्रहरी बुलेटिन : जुवातास खेल्ने १७ जना पक्राउ
Advertisement

२५ असोज काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट मोरङ पत्थरी शनिश्चारे नगरपालिका-४ घर भएका २६ वर्षीय सन्दिप राईलाई नियन्त्रित लागूऔषध फेनारगन ४ एम्पुल, डाइजेपाम ४ एम्पुल, लुपिजेसिक ४ एम्पुल र सिरिन्ज १३ थान सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख १९२७ नम्बरको गाडी जाँच गर्ने क्रममा गाडीमा सवार राईलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सर्लाही, लालबन्दी नगरपालिका-१७ रानीगन्जबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ३ सय ३० ट्याब्लेट, प्रोमिथेजाइन ८ सिसि, नुर्फिन ४ एम्पुल र सिरिन्ज १ थान सहित लालबन्दी नगरपालिका-१६ बस्ने २२ वर्षीय बुद्धसिंह वाईबा समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

Advertisement

रौतहट, बौधीमाई नगरपालिका-८ हनुमानचोकस्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन २ सय ५० एम्पुल, डाईजेपाम २ सय ५० एम्पुल र नुर्फिन २ सय ५० एम्पुल सहित मौलापुर नगरपालिका-९ सोनारनिया बस्ने २५ वर्षीय मेधु महतोलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका-२ छाताचोक बस्ने ३० वर्षीय सबिन भुजेललाई छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय बिकाश मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिकाश मगर सहित ३र४ जनाको समूहले भुजेललाई छुरा प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले छुरा प्रहार गर्नेमध्ये बिकाशलाई पक्राउ गरेको हो । घटनामा संलग्न फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

झापामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१२ बस्ने ४० वर्षीय युवराज बराईलीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । निज बराईलीले ती बालिकालाई बिभिन्न प्रलोभन एवं धाक-धम्की समेत दिई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस्तै, काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट सुन जस्तो देखिने पहेंलो धातु करिब आधा केजी सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बालाजु बस्ने नुवाकोट घर भएका २२ वर्षीय दिपक गुरुङ र काठमाडौं स्वयम्भू बस्ने नुवाकोट घर भएका २९ वर्षीय राजु तामाङ रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

उता धनुषाको जनकपुर उपमहानगरपालिका-२० बाट करिब १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरका पटाका शनिबार बिहान प्रहरीले बरामद गरेको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ भारतबाट नेपालतर्फ आउँदै गरेको ज.१० प ९३७ नम्बरको मोटरसाइकल र पटाका सहित छाडेर फाली फरार भएकाले उक्त पटाका र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

उदयपुरको उदयपुर त्रियुगा नगरपालिका-९ चौकीबारी बस्ने ३२ वर्षीया शारदा कुमारी चौधरी र उनकी ९ वर्षीया छोरी रचना कुमारी चौधरी शुक्रबार राति घाँटी रेटी हत्या भएको अवस्थामा फेला परेका छन् । घटनामा संलग्न व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस्तै नवलपरासी ‘पश्चिम’, नवलपरासी ‘पूर्व’, सिन्धुली, काभ्रे, पर्सा र कास्कीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।

नवलपरासी ‘पश्चिम’, सुनवल नगरपालिका-४ स्थित सडकमा लु.२ च ६६९७ नम्बरको स्कार्पियो गाडीले लु.५६ प ३२८१ नम्बरको मोटरसाइकललाई शुक्रबर दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सुनवल नगरपालिका-११ तह्रवानी बस्ने ३८ वर्षीय टेक प्रसाद ढकालको जेनेश अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । स्कार्पियो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी ‘पूर्व’, बुलिङटार गाउँपालिका-६ मिरन्दी खोलास्थित सडकमा ग.१ ज ६५०५ नम्बरको जिप ब्रेक फेल भई शुक्रबार दिउँसो दुर्घटना गम्भीर घाइते भएका जिपमा सवार देवचुली नगरपालिका-४ बस्ने ३४ वर्षीय हरी अधिकारीको मणिपाल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ४ जनालाई उपचारको लागि दलदलेतर्फ लगिएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुली, सुनकोशी गाउँपालिका-३ झागझुलीस्थित सडकमा ज.१ ज २३२ नम्बरको सुमोले बा.३६ प ७८७ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सुनकोशी गाउँपालिका-१ बस्ने १९ वर्षीय धनधोज तामाङलाई उपचारको लागि धुलिखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको भरोसा अस्पताल रातामाटामा उपचार भइरहेको छ । ठक्कर दिने सुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  काभ्रे, रोशी गाउँपालिका-३ साझकोटस्थित सडकमा बा.३ ख ३५९५ नम्बरको ट्रक सडकबाट अन्दाजी १ सय मिटर तल खसेर शुक्रबार साँझ दुर्घटना हुँदा ट्रकमा सवार हाल नाम, थर, वतन नखुलेका २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका चालक समेत ३६ जनालाई उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा लगिएकोमा ३ जनालाई थप उपचारको लागि मध्यपुर अस्पताल ठिमी पठाइएको छ ।  पर्सा, पर्सागढी नगरपालिका-३ स्थित सडकमा ग.७ प ३४०३ नम्बर र ना.२० प २२८७ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका ना.२० प २२८७ नम्बरका मोटरसाइकल चालक वीरगंज महानगरपालिका-२ छप्कैया बस्ने ३० वर्षीय अदनान सिद्धिको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कास्की, पोखरा महानगरपालिका-२५ हेम्जास्थित सडकमा ग.६ प ४९७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको फिष्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

उता संखुवासभामा खाँदवारी नगरपालिका-९ तुम्लिङ्टार बस्ने प्रदिप शेर्पाको घरमा चाउचाउ राखेको गोदाममा शुक्रबार दिउँसो आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न सकेको छैन । स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्