आजदेखि मनसुन बाहिरियो
नेपालबहस संवाददाता
असोज २५, २०७६ आइतबार ३:२४:३९
२५ असोज, काठमाडौं । यो बर्षको मनसुन आजदेखि बाहिरिएको छ । सामान्य समयभन्दा १० दिन ढिलो गरी असार ५ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन आजदेखि औपचारिक रुपमा बाहिरिएको मौसम पूर्वानुमान महाशााखाले जनाएको छ ।
यो वर्ष मनसुनको आगमन औसतभन्दा १० दिन ढिलो भएको थियो भने बहिर्गमन औसतभन्दा १९ दिन ढिलो भयो । औसतमा पूर्वी नेपालमा १० जूनमा र काठमाण्डौमा १२ जूनमा मनसुनी वायुवर्षा आइपुग्ने गर्दछ । मनसुन बाहिरिएसँगै अब तापक्रम घट्दै जाने र पानी नपर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।
सामान्यतया सेप्टेम्बर २३ अर्थात असोज ६ गतेतिर नै मनसुन बाहिरिनुपर्ने भए पनि यो वर्ष झण्डै ३ हप्ता ढिलो गरी मनसुन नेपालबाट बाहिरिएको हो । उपलब्ध तथ्यांक अनुसार नेपालमा सन् १९७९ को ७३ दिनको मनसुन सबैभन्दा छोटो र सन् २००८ को १३० दिनको मनसुन सबैभन्दा लामो मनसुन रहेको छ।
मनसुन आगमन सन् १९९६ मे ३१ मा अहिलेसम्मको सबै भन्दा छिटो र १९८२ जून २७ मा अहिलेसम्मको सबैभन्दा ढिला भएको थियो भने मनसुन बहिर्गमन सबैभन्दा छिटो सन् १९९५ सेप्टेम्बर २ र सबैभन्दा ढिला सन् २०१३ अक्टुबर १९ मा रहेको छ ।
यस्तै आज काठमाडौं उपत्यकालगायत मध्य र तराई भूभागको मौसम सफा रहने पनि महाशाखाले जनाएको छ । पहाडका १ र २ ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको भए पनि अरु ठाउँको मौसम सामान्य रहने मौसमविद्को भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
शरदसिंह भण्डारी मन्त्री हुँदा गरेका तीन विवादस्पद निर्णय श्रममन्त्री अर्यालद्वारा खारेज
बैशाख ६, २०८१ बिहिबार
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त
बैशाख ६, २०८१ बिहिबार
मधेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
बैशाख ६, २०८१ बिहिबार
अनमोलको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक
बैशाख ६, २०८१ बिहिबार
सांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
काठमाडौं महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
बैशाख ६, २०८१ बिहिबार