कारबाहीमा करिब ९० तालिबान लडाकू मारिए
Advertisement

२६ असोज, काठमाडौं । रत्न राजमार्गमा पर्ने सुर्खेतको हर्रेमा आज दिउँसो गाडीबाट खसेर एक जनाको मृत्यु भएको छ ।मध्यपश्चिम यातायात प्रालिको बा३ख ५२१६ नंको फोर्स गाडीबाट खसेर भेरीगङ्गा नगरपालिका–४ का यमबहादुर खत्रीको घटनास्थलमा नै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक खत्री काँक्रेविहार यातायात प्रालिको ना७ख २०५८ नंको फोर्स गाडीका धनी हुन् । लिफ्ट मागी आउने क्रममा गाडीको ढोकाबाट एक्कासि सडकभन्दा अन्दाजी एक सय मिटर तल खस्न गई उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले गाडी चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताए ।सुर्खेत प्रहरीले एक अर्का चालकलाई पनि नियन्त्रणमा लिएको छ ।

Advertisement

यही असोज १९ गते कालीकोटबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०७ नंको फोर्स गाडीले घण्टाघरमा पैदल यात्री वीरेन्द्रनगर–१२ का ५५ वर्षीय हर्कबहादुर रोकायलाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते रोकायको लखनऊमा उपचारका क्रममा शुक्रबार मृत्यु भएपछि प्रहरीले उक्त गाडीका चालक दैलेख ठाटीकाँधका २७ वर्षीय मीनबहादुर तिरुवालाई नियन्त्रणमा लिएको हो ।

Advertisement
अघिल्लो लेखतस्विरमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई हेर्नुस
अर्को लेखमेलम्चीमा तिहार मेला हुने
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्