चन्द समूहका जिल्ला सदस्य पक्राउ
Advertisement

२६ असोज, बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङले नेत्र विक्रम चन्द समूहका जिल्ला सदस्य देवराज अवस्थीलाई पक्राउ गरेको छ ।

वित्थडचिर गाउँपालिका–९ सुनकुडा घर भएका ४० वर्षीय अवस्थीलाई चन्दा सङ्कलन गरिरहेको अवस्थामा प्रहरी चौकी स्याडीबाट खटिएको टोलीले असोज २४ गते पक्राउ गरेको हो ।

उनीहरुबाट नगद रसिद ठेलीसहित नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ईश्वरीदत्त पाण्डेले बताए । अवस्थी अहिले प्रहरी हिरासतमा छन् ।

Advertisement

उनले स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि तथा विद्यालयका शिक्षकसँग समेत चन्दा माग्ने र नदिए धम्क्याउने लगायतका काम गर्दै आएको जनप्रतिनिधिहरु बताउँछन् ।

Advertisement
अघिल्लो लेखमिटरमा जान नमान्ने ५२ ट्याक्सी पक्राउ
अर्को लेखजापानमा ६० वर्ष यताकै ठूलो वर्षा र आँधी [फोटोफिचर]
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्