मेलम्चीमा तिहार मेला हुने
Advertisement

२६ असोज, मेलम्ची । असोज २९ देखि कात्तिक ९ गतेसम्म मेलम्चीमा तिहार मेला हुने भएको छ । ‘मेलम्चीको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ नाराका साथ मेलम्ची नगर युवा क्लबले सो मेला आयोजना गर्न लागेको हो ।

मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाका संयोजक राजनमान श्रेष्ठले जानकारी दिनुभयो । मेलामा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिनेछ । मेलामा कृषि प्रदर्शनी, बैंक इन्स्योरेन्स तथा वित्तीय संस्था, अटोमोबाइल, गार्मेन्ट, जुत्ताचप्पल, कस्मेटिक तथा विभिन्न लत्ताकपडा, हस्तकलाका कक्ष राखिएका छन् ।

मेलामा स्थानीय उत्पादन र कलालाई विशेष प्राथमिकता दिइनेछ । पर्यटन वर्ष, २०२० लाई सहयोग गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको संयोजक श्रेष्ठले बताए ।

Advertisement
Advertisement
अघिल्लो लेखगाडीबाट खसेर एकको मृत्यु, दुई चालक प्रहरी नियन्त्रणमा
अर्को लेखखर काट्ने क्रममा लडेर महिलाको मृत्युृ
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्