नेपाल–चीन प्रतिनिधिमण्डलस्तरीय वार्ता शुरु
नेपालबहस संवाददाता
असोज २६, २०७६ आइतबार १७:२३:४७
२६ असोज, काठमाडौं । नेपाल र चीनबीच उच्चस्तरमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता प्रारम्भ भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचार–विमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधनमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी सहभागी छन् । राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ् यी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत छन् ।
वार्तापछि राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा एक दर्जनभन्दा बढी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी शनिबार अपराह्नदेखि नेपालको दुई दिवसीय राजकीय भ्रमणमा छन् । तेइस वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
घोप्टेभिरमा सडक ढलान गरिँदै
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
लम्साल, शर्मा र पौड्यालमध्ये को होला सचिवमा बढुवा ?
चैत १५, २०८० बिहिबार
एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार