बुर्किनाफासोको मस्जिदमा आक्रमण, १५ जनाको मृत्यु
नेपालबहस संवाददाता
असोज २६, २०७६ आइतबार १८:१७:१४
२६ असोज, एजेन्सी । अफ्रिकी मुलुक बुर्किनाफासोको उत्तरी भेगमा रहेको एउटा मस्जिदमा अज्ञात बन्दुकधारीले शुक्रबार गरेको आक्रमणमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
स्थानीय प्रहरीले उक्त आक्रमणका कारण अरु पाँच जना घाइते भएका छन् । बुर्किनाफासोको राजधानीबाट करिब २६९ किलोमिटर उत्तरमा रहेको गोरोमगोरोम गाउँमा उक्त घटना भएको हो ।
बुर्किनाफासो सरकारले भने उक्त घटनाका बारेमा कुनै टिप्पणी गरेको छैन । सन् २०१५ यता बुर्किनाफासोमा लगातार आतंकवादी आक्रमण भइरहेका छन् । यसक्रममा पाँच सयभन्दा बढी मानिसको मृत्यु हुनुका साथै दुई लाख ८० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।
पछिल्ला केही दिनदेखि देशका विभिन्न भागमा शृंखलाबद्ध आतंकवादी आक्रमणहरु भइरहेका छन् । मानिसहरु सुरक्षित स्थलको खोजी गर्दै विस्थापित हुनेक्रम बढेको छ ।
सरकारले आतंकवादी आक्रमण भएका र असुरक्षित ठानिएका विभिन्न क्षेत्रमा आपतकालीन स्थितिको घोषणा र कफ्र्यु लगाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार