प्रहरी बुलेटिन : कहाँ के भयो ? [थाहा पाउनुस]
नेपालबहस संवाददाता
असोज २६, २०७६ आइतबार १८:४५:१९
२६ असोज, काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिका-४ सुनमाईबाट अवैध लागूऔषध गाँजा करिब ६ केजी सहित सोही ठाउँ बस्ने २२ वर्षीय सुरेन तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यलय बुधबारेबाट खटिएको प्रहरीले मे.१ च ६६८५ नम्बरको टाटासुमो जीप जाँच गर्ने क्रममा डिक्कीमा लुकाई छिपाई राखेको अवस्था उक्त परिमाणको लागूऔषध गाँजा फेला पारी जीपमा सवार तामाङलाई पक्राउ गरेको हो ।
पर्वत, जलजला गाउँपालिका-३ बस्ने २१ वर्षीय सुवास जिसीलाई अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध सेवन गरी उनले आफ्नै बुवालाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वत र प्रहरी चौकी वारीवेनीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-९ आरुवारी सिमलटार बस्ने रमेश तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा कास्की पोखरा महानगरपालिका-१२ घर भएका ४२ वर्षीय राज कुमार गुरुङ समेत २१ जनालाई नगद १८ लाख ९२ हजार रुपैयाँ र ९ बुक तास सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१० बस्ने कृष्ण बहादुर क्षेत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्ण बहादुर समेत ५ जनालाई नगद १६ हजार १ सय ६५ रुपैयाँ र ३ बुक तास सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
कास्की, पोखरा महानगरपालिका-२ अधिकारी टोल बस्ने ६५ वर्षीय राज बहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा राज बहादुर गुरुङ समेत ४ जनालाई नगद २९ हजार ९ सय २० रुपैयाँ र ३ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
धनुषाको विदेह नगरपालिका-५ मुडिवा बस्ने ४० वर्षीय दिनेश कुमार ठाकुरलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीय प्रदिप मण्डल समेत ५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
दिनेश कुमार ठाकुरलाई मण्डल समेतका ५ जनाले कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गिद्धबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएका ठाकुरको रामजानकी अस्पताल जनकपुरमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कैलाली, सुर्खेत, सप्तरी र पर्साका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
कैलाली, लम्कीचुहा नगरपालिका-३ गोराङगेस्थित सडकमा से.७ प १४९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार टिकापुर नगरपालिका-१ बस्ने २१ वर्षीय मदन शाहीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका चालक टिकापुर नगरपालिका-१ बस्ने १८ वर्षीय अभिषेक सोडारीको टिकापुर अस्पतालमा उपचार भइरहेकोमा थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ ।
सुर्खेत, भेरीगंगा नगरपालिका-५ हर्रेस्थित सडकमा बा.३ ख ५२१६ नम्बरको फोर्स गाडीबाट खसेर भेरीगंगा नगरपालिका-४ बस्ने ४० वर्षीय यम बहादुर खत्रीको शनिबार घट्नास्थलमै मृत्यु भएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरी, रुपनी गाउँपालिका-१ रुपनी बजारस्थित सडकमा ना.५ ख ६९६ नम्बरको बसले को.२६ प ८६१६ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक अग्निसायर कृष्णसवरण गाउँपालिका-८ बस्ने ४५ वर्षीय घुरण मिजारको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्सा, वीरगंज महानगरपालिका-१४ स्थित सडकमा ना.६१ प ४४५१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने दार्चुला वेथान नगरपालिका-७ घर भएकी ३५ वर्षीया बिषन खत्रीको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको वीरगंज हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र वीरगंज महानगरपालिका-१४ बस्ने २९ वर्षीय भरत भण्डारीलाई उपचारको लागि नारायणी अस्पताल वीरगंज पठाइएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यता काठमाडौंका कागेश्वरी मनोहरा नगरपालिका-५ थली बस्ने सिन्धुपाल्चोक घर भएका ४५ वर्षीय जित बहादुर आचार्यको जस्ताको टहरामा ग्याँस लिक भई शनिबार राति आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती
बैशाख १३, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
बैशाख १३, २०८१ बिहिबार
अभिताभ बच्चनलाई लता दीनानाथ मंगेशकर अवार्ड
बैशाख १३, २०८१ बिहिबार
वर्षको एकचोटि पूजा गर्ने छोर्तेन
बैशाख १३, २०८१ बिहिबार
थुनामा रहेका रायमाझीसहितले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ
बैशाख १३, २०८१ बिहिबार
श्रीमतीमाथि भ्रष्टाचारको छानबिनपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम नगर्ने
बैशाख १३, २०८१ बिहिबार