घोराहीबाट लागुऔषधसहित पाँच पक्राउ
नेपालबहस संवाददाता
असोज २७, २०७६ सोमबार १३:५६:५४
२७ असोज, तुलसीपुर । दाङमा लागुऔषधसहित पाँचजनालाई आइतबार पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले घोराहीको नयाँ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो ।
बसपार्कमा लागुऔषध साथमा राखी हिँडिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई खानतलासी गर्दा उनीहरुको साथबाट ट्रामाडोल हाइड्रोक्लोराईड क्याप्सुल आइपी तीन हजार ९७० क्याप्सुल, नाइट्राजिपाम ट्याब्लेट १० थान, लोराजिपाम इन्जेक्सन दुई एमजिएम, एल एक थान, प्रोमेथाजिन हाइड्रो क्लोराइड दुई एमएल इन्जेक्सन एक थान, फेनिरामाइन्ड मालिट दुई एमएल इन्जेक्सन एक थानसहित पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१४ का सरोज बस्नेत, लोहासुरका अर्जुन भन्ने भीमबहादुर बुढामगर, घोराही–१५ का कविन बस्नेत, घोराही–१४ का लिजन विसी र घोराही– १५ का प्रवीन विश्वकर्मा रहेका छन् ।
उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ परिच्छेद ३ दफा २२ ‘ग’ अनुसार मुद्दा दर्ता गरी आवश्य अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पर्यटकीय गाउँ रामकोटमा चहलपहल बढ्यो
बैशाख १३, २०८१ बिहिबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
बैशाख १३, २०८१ बिहिबार
नेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार