प्रहरी बुलेटिन : जुवातास खेल्ने ३३ जना पक्राउ
नेपालबहस संवाददाता
असोज २७, २०७६ सोमबार १८:३२:१६
२७ असोज काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका-९ डेरा गरी बस्ने कोशी गाउँपालिका-३ स्थायी वतन भएका २३ वर्षीय निरज कुमार राउतलाई बिभिन्न हातहतियार तथा लागूऔषध सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनको साथबाट पेस्तोल १ थान, म्याग्जिन १ थान, गोली १३ राउण्ड, अवैध लागूऔषध खैरो हेरोइन ७ ग्राम, नियन्त्रित लागूऔषध डाइलेक्स डिसी १ सय एमएलको २ सय २५ बोतल, नाइट्रोसन १० लेखिएको ६ सय ४० ट्याब्लेट, स्पास्मो प्रोक्सिभोन प्लस १२ हजार ९ सय ४४ क्याप्सुल, लागूऔषध तौल गर्ने डिजिटल मेसिन १ थान, उमाशंकर प्रसाद गुप्ताको नामको भारतीय सवारी चालक अनुमतीपत्र १ थान, बिआर ५० के ४०५९ लेखिएको मोटरसाइकलको नम्बरप्लेट १ थान र मोबाइल २ थान प्रहरीले बरामद गरेको छ ।
राउतले लागूऔषध बिक्री बितरण गर्दै गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त हातहतियार तथा लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस्तै दाङको शान्तिनगर गाउँपालिका-६ पहाडीपुर बस्ने ३० वर्षीय प्रकाश थापालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने २२ वर्षीय निम बहादुर वलीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
सामान्य विवादको कारणले वलीले थापालाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले वलीलाई खुकुरी सहित पक्राउ गरेको हो । खुकुरी प्रहारबाट घाइते भएका थापालाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकोमा थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ ।
काठमाडौं महानगरपालिका-४ बनस्थली बस्ने उत्तम कुईकेलको घरमा जुवा खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-४ पासिकोट बस्ने ३६ वर्षीय शिवराम भण्डारी लगायत ११ जनालाई नगद ४ लाख १ हजार १५ रुपैयाँ, कौडा १८ थान र १ बुक तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
कास्की, पोखरा महानगरपालिका-१८ चालिसे डाँडास्थित रेष्टुरेष्टमा कौडा खेलिरहेको अवस्थामा पोखरा महानगरपालिका-६ बैदाम बस्ने ४४ वर्षीय खिमलाल पहारी लगायत १५ जनालाई नगद ६ लाख १० हजार रुपैयाँ र कौडा ३२ थान सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
यसैगरी कास्की, पोखरा महानगरपालिका-१३ काहुखोला वुडुवा मार्ग बस्ने बिष्णुमाया गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा पोखरा महानगरपालिका-१३ वुडुवा मार्ग बस्ने ५७ वर्षीय सूर्य बहादुर कार्की लगायत ७ जनालाई नगद ४९ हजार ५ सय ६० रुपैयाँ र ४ बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रौतहटको ईशनाथ नगरपालिका-६ स्थित ठुलो घिउराको पुल नजिकै अज्ञात व्यक्तिले गोली प्रहार गर्दा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २१ वर्षीय पुरुषको आइतबार दिउँसो मृत्यु भएको छ ।
हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित समूहले ती पुरुषलाई गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको बताइएको छ । गोली प्रहार गर्ने व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कपिलवस्तु, डडेल्धुरा, धनुषा र बर्दियाका बिभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । कपिलवस्तु, कपिलवस्तु नगरपालिका-२ स्थित सडकमा युपि ५५ ए ५३८६ नम्बर र युपि ५५ एए ११९३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका युपि ५५ ए ५३८६ नम्बरको मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका-५ बस्ने ५५ वर्षीय नरदाई चौधरी ‘कुर्मी’ को जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको छ । ‘
दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । डडेल्धुरा, आलिताल गाउँपालिका- ४ जालटुडास्थित सडकमा बा।२ क ५४६४ नम्बरको स्काईभेटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५२ वर्षीय मान बहादुर बोहराको आइतबार राति घटनास्थलमै मृत्यु भएको छ । फरार स्काईभेटर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
धनुषा, जनकपुर उपमहानगरपालिका-२३ स्थित सडकमा ना.४ ख ६४०० नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने लालबाबु साहको छोरा ५ वर्षीय बिकि साहको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बर्दिया, बाँसगढी नगरपालिका-७ स्थित सडकमा अनटेष्ट लेखिएको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार २२ वर्षीय दिपेन्द्र थारुको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित सामाखुशी बस्ने सुनसरी ईटहरी उपमहानगरपालिका-१८ घर भएका सन्तोष कार्कीको भिक्ट्रि क्लबमा बिद्युत सर्ट भई आइतबार साँझ आगलागी हुँदा क्लब पूर्णरुपमा जलेर क्षति भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न सकेको छैन ।
उदयपुर, ताप्ली गाउँपालिका-१ पिपल भञ्ज्याङ्ग बस्ने अर्जुन हमालको घरमा आइतबार साँझ आगलागी हुँदा घर तथा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात लगायका सरसामान जलेर करिब ७ लाख ७७ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
मकवानपुर, थाहा नगरपालिका-५ सानो फाखेलस्थित रहेको ५ नम्बर वडा कार्यालयमा सोमबार बिहान अज्ञात व्यक्तिले आगजनी गर्दा कार्यालयभित्र रहेको कागजपत्र, फर्निचर, कम्प्युटर १ थान, प्रिन्टर ३ थान र १२ भोल्टको ब्याट्री १ थान जलेर क्षति भएको छ । आगजनीमा संलग्न फरार अज्ञात व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
फिलिपिन्समा चरम गर्मीका कारण ६ को मृत्यु
बैशाख १२, २०८१ बुधबार
चैत २७ मा कर्णालीको मुख्यमन्त्री भएका कँडेलले बल्ल नियुक्त गरे एक जना मन्त्री
बैशाख १२, २०८१ बुधबार
म्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
लुम्बिनीका ७ जना मन्त्रीले पाए जिम्मेवारी
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार