एनआरएनएको विश्व सम्मेलन भोलिबाट सुरु हुँदै
नेपालबहस संवाददाता
असोज २७, २०७६ सोमबार १९:२:६
२७ असोज, काठमाडौं । गैरआबासीय नेपाली संघ (एनआरएनए)को विश्वसम्मेलनको उदघाटन मंगलबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । होटल ह्यातमा तीन दिनसम्म चल्ने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान ९ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
केन्द्रीय समितिको नयाँ नेतृत्व समेत चयन गर्न लागेको सम्मेलनको पहिलो दिन दोहोरो नागरिकता, लगानी, सुरक्षा लगायत गैरआवासीय नेपालीका मुख्य मुद्दाबारे छलफल हुने छ ।
सम्मेलनको दोस्रो दिन संघको केन्द्रीय समितिको चुनाव हुनेछ र सम्मेलनको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ । सम्मेलनमा विश्वका ८० शाखा मध्ये ६० भन्दा बढी शाखाका प्रतिनिधिहरु सामेल हुँदैछन् । सम्मेलनमा करिब १८ सय जनाले भाग लिने आयोजकले जानकारी दिएको छ ।
यसपटक संघको अध्यक्षका लागि वर्तमान उपाध्यक्ष कुल आचार्य र कुमार पन्तले उम्मेद्वारी दिने तयारी गरेका छन् भने महासचिवमा वर्तमान सल्लाहाकार डा.हेमराज शर्मा लगायत चारजनाले उम्मेद्वारी दिने तयारी गरेका छन् । डा.शर्माले जीवा लामीछाने संघको अध्यक्ष भएका बेला प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।
संघको यसअघि जस्तै यसपटक पनि विद्युतीय मतदान हुनेछ । संघले आगामी दुई वर्षका लागि नेतृत्व चयन गर्न लागेको हो । संघको विश्व सम्मलेनमा ४२ जना उम्मेदवारहरु विजयी बन्ने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन कार्यतालिका
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्डलाई गोरखा छाडेर मैले गम्भीर गल्ती गरे: भट्टराई
बैशाख १३, २०८१ बिहिबार
इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
बैशाख १३, २०८१ बिहिबार
ल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार