नेकपाभित्र चरम अविश्वास, बिच्किए प्रचण्ड !
नेपालबहस संवाददाता
असोज २७, २०७६ सोमबार २३:१९:५०
समाचार टिप्पणी
२७ असोज,काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको हिजोको चियापान कार्यक्रम केवल चियापानमै सीमित रहेन । कार्यक्रममा सहभागी नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना असन्तुष्टी पोख्ने उपयुक्त मञ्चका रुपमा यसलाई प्रयोग गरेका छन् ।
चियापान कार्यक्रममा सहभागी प्रचण्डले शुभकामना दिने क्रममा भने – म यो कार्यक्रममा रहँदा सहयात्रीसँगै बसेको अनुभव गरिरहेको छु । कांग्रेस मित्रशक्ति भएकाले हिजो पनि सहकार्य गरेको स्मरण गर्दै उनले भने – भोलि फेरि पनि कांग्रेससँग सहकार्य नहोला भन्न सकिन्न । अझ अहिलेको परिस्थितिमा त जे पनि हुनसक्छ – उनको भनाई थियो ।
उनी भन्छन् :- “प्रचण्डले सोचेअनुसार भएन भने केपी ओलीको हली नै भएर लामो समय नेकपा भित्रै उनी पक्कै बस्ने वाला छैनन् ।” अब प्रचण्डलाई ओलीले कार्यकारी अधिकारसहितको अध्यक्ष पद नसुम्पिने हो भने कुनैपनि बेला राजनीतिले कोल्टे फेर्न सक्ने उनको बुझाई छ ।
पार्टी एकीकरणपछि नेकपा भित्र पूर्वमाओवादीको हैसियत खुम्चिएको आंकलन गरिएका बेला प्रचण्डले कांग्रेससँग फेरि सहकार्यको संभावना औंल्याउँदा कतिपयलाई अनौठो लागेको हुनसक्छ । समस्या आइपर्दा यस्ता अभिव्यक्ति दिनु प्रचण्डको पहिचान नै बनिसकेको छ । साथै आफ्नो हैसियत कमजोर रहँदा प्रचण्ड चूप लागेर बस्ने खालको स्वभाव नभएका नेताको कोटीमा पर्छन् ।
राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीको बुझाई पनि लगभग यस्तै छ । उनी भन्छन् :- “प्रचण्डले सोचेअनुसार भएन भने केपी ओलीको हली नै भएर लामो समय नेकपा भित्रै उनी पक्कै बस्ने वाला छैनन् ।” अब प्रचण्डलाई ओलीले कार्यकारी अधिकारसहितको अध्यक्ष पद नसुम्पिने हो भने कुनैपनि बेला राजनीतिले कोल्टे फेर्न सक्ने उनको बुझाई छ ।
खासगरी पूर्व सभामुख कृष्णबहादुर महरा प्रकरणबाट पूर्वमाओवादीप्रति ओलीको दृष्टिकोण अझै साँघुरो रहेको बुझ्न कठिन छैन । त्यही भएर प्रचण्ड पनि बढो गम्भिर र संवेदनशील भएका छन् । पूर्वमाओवादीप्रति योजनाबद्ध रुपमा आक्रमण हुने आंकलन सो वृत्तमा रहेको प्रचण्ड निकट एक नेताले बताएका छन् । यस विषयमा हामीले राम्रैसँग कुरा गर्न आवश्यक छ – उनले भने प्रचण्ड कम्रेड पनि सिरियस हुनु भएको छ ।
तर दशैंको अष्ठमीका दिन भागिहाल्छ जस्तो गरी महरालाई पक्रन भने आवश्यक थिएन – उनी भन्छन् । महरा पक्राउ गर्न ओलीले सबैतिर तानाबाना बुनिसकेका थिए । अन्तिममा प्रचण्डले दशैंपछि मात्रै यो विषयमा निर्णय गरौं भन्दा समेत ओलीले मानेनन् । उनले अदालतले नै पक्राउ पूर्जी जारी गरेको तर्क दिएर प्रचण्डको मुखमा बुझो लगाई दिए ।
महराको कमजोरीलाई पूर्वएमालेले निकै ठूलो इस्यू बनायो , खासगरी ओलीको रवैया अति नै नकारात्मक देखियो – उनले भनेका छन् । महरामाथि आरोप लगाउने महिला आफैंमा विवादित र सन्काहा प्रवृत्तिकी हुन् , तर महरालाई दशैंको मुखैमा थुन्ने गरी सरकारले पूर्वाग्रही सोचका साथ काम गरेको देखियो – उनले भनेका छन् ।
यो विषयमा प्रचण्डले ओलीसँग कुरा गर्दा जनमानसमा पार्टीको राम्रो छवि बनाउनका लागि महराले राजीनामा दिनु उचित हुने बताएका थिए । तर दशैंको अष्ठमीका दिन भागिहाल्छ जस्तो गरी महरालाई पक्रन भने आवश्यक थिएन – उनी भन्छन् । महरा पक्राउ गर्न ओलीले सबैतिर तानाबाना बुनिसकेका थिए । अन्तिममा प्रचण्डले दशैंपछि मात्रै यो विषयमा निर्णय गरौं भन्दा समेत ओलीले मानेनन् । उनले अदालतले नै पक्राउ पूर्जी जारी गरेको तर्क दिएर प्रचण्डको मुखमा बुझो लगाई दिए ।
त्यसपछि पूर्वमाओवादी पक्षले यो विषयमा गम्भिर छलफल गरेको छ । दशैंका बेला प्रचण्ड, गुहमन्त्री रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ लगायत मन्त्रिमण्डलमा रहेका नेताहरुबीच यसबारे कुराकानी हुँदा अब गम्भिरतापूर्वक अघि बढ्नु पर्ने निश्कर्ष निकालिएको उक्त स्रोतले जनाएको छ । पूर्वएमाले पक्षधर त्यसमा पनि ओली गुटले पूर्वमाओवादी पक्षलाई नामेट पार्न सक्ने आंकलन सो भेलाले गरेको छ ।
विगतमा पटक पटक धोका दिएका प्रचण्डप्रति कांग्रेसले भरोशा गर्ने अवस्था छैन । प्रचण्डले आफूलाई सजिलो बनाउने गरी मात्र यस्ता अभिव्यक्ति दिने गरेको इतिहास साक्षी छ ।
त्यही भएर नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको छुट्टै भेटमा प्रचण्डले यसबारे चर्चा गरेको स्रोतको दावी छ । पार्टी एकीकरणले नेकपालाई फाइदा हुने तर आफू पक्षधरलाई भने विभिन्न निहुँमा फसाइने पो हो की भन्ने आशंका रहेको उनको बुझाई राष्ट्रपति सीसँग व्यक्त गरेको बुझिएको छ ।
त्यही मनस्थितिले गर्दा कांग्रेसको चियापान कार्यक्रममा प्रचण्डले सहकार्यको विषय उठान गरेको बुझ्न सकिन्छ । तर प्रचण्डले यस्ता कुरा गरिरहँदा कांग्रेसले भने खुशी मान्नु पर्ने अवस्था भने छैन । विगतमा पटक पटक धोका दिएका प्रचण्डप्रति कांग्रेसले भरोशा गर्ने अवस्था छैन । प्रचण्डले आफूलाई सजिलो बनाउने गरी मात्र यस्ता अभिव्यक्ति दिने गरेको इतिहास साक्षी छ ।
तर जे भएपनि सत्तारुढ नेकपा भित्र विश्वासको ठूलो संकट रहेको चाहिं पक्का हो । पूर्व माओवादी पक्षधरप्रति ओली अनुदार रहेको सन्देश दिनका लागि नै प्रचण्डले यस्तो अभिव्यक्ति दिएको बुझिन्छ । यो अवस्थाको व्यवस्थापनमा ओलीले अब कस्तो कदम चाल्ने हुन् त्यसैमा धेरै कुरा निर्भर रहने अवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल आउट
बैशाख ७, २०८१ शुक्रबार
चीनबाट आयात गरिएको रासायनिक मल काठमाडौं ढुवानी
बैशाख ७, २०८१ शुक्रबार
एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्ने
बैशाख ७, २०८१ शुक्रबार
कप्तान रोहित पनि आउट !
बैशाख ७, २०८१ शुक्रबार
के तपाई पदयात्रामा निस्किदै हुनुहुन्छ, कसरी गर्ने तयारी ?
बैशाख ७, २०८१ शुक्रबार
युएईविरुद्ध नेपालको खराब शुरुवात, दुवै ओपनर गुमायो
बैशाख ७, २०८१ शुक्रबार