‘चिनियाँ रेल काठमाडौं आउने आधार तय’
नेपालबहस संवाददाता
असोज २८, २०७६ मंगलबार १४:४७:७
२८ असोज, काठमाडौं । राजधानीबाट प्रकाशित राष्ट्रियस्तरका पत्रपत्रिकाले मंगलबार राजनीतिक, आर्थिक र सामाजिकसहित विभिन्न विषयका समाचार प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।
पत्रपत्रिकामा सत्तारुढ दल नेकपामा नयाँ सभामुख बनाउने गृहकार्य भइरहेको समाचार प्रकाशित भएको छ । पत्रपत्रिकामा मन्त्रिमण्डल हेरफेरको तयारी भइरहेको समाचार समेत छापिएको छ ।
गोरखापत्र दैनिक– आन्तरिक वा वैदेशिक रोजगारीका क्षेत्रमा पछिल्लो पटक सकारात्मक सूचक देख्एिका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले यस क्षेत्रमा रहेका बेथिति अन्त्यका लागि निरन्तर लागेसँगै सकारात्मक सुचक देखिएका हुन् ।
कान्तिपुर दैनिक– कृष्णबहादुर महराको बहिर्गमनसँगै सत्तारुढ दल नेकपाभित्र प्रतिनिधिसभाको सभामुखको लागि उपयुक्त पात्रको खोजी शुरु भएको छ । दुई अध्यक्ष र शीर्षस्तरका नेताहरु परामर्शमा जुटिरँदा सभामुख पदमा पूर्व एमाले र पूर्व माओवादी खेमाबीच तानातान हुन थालेको छ ।
अन्नपूर्ण पोष्ट दैनिक– जलविद्युत विकास र बिजुली निर्यातको मार्गप्रशस्त गर्ने पूर्वाधार मानिएको नेपाल–भारत दोस्रो सीमापार अन्तर्देशीय प्रसारण लाइन ‘४०० केभी’ निर्माणको टुंगो लगाउने गरी नेपालले प्रस्ताव गरेको छ । नेपालको प्रस्तावमा सोमबार भारतको बैंङ्लोरमा उर्जा–सहसचिवस्तरीय संयुक्त कार्यदल ‘जेडब्लुजी’मा छलफल भएको छ ।
नागरिक दैनिक– केन्द्रीय सत्ता र स्थानीय वर्चश्चको भरमा अपराधको सञ्जाल संचालन गर्दै आएका रौतहट क्षेत्र नम्बर २ का निलम्बित सांसद महम्मद आफताब खालमसम्म अन्तत कानुनको हात पुगेको छ । कानुनको हात लामो हुन्छ भन्ने भनाइ यतिबेला चरितार्थ भएको छ ।
पटकपटक मन्त्री भएका दुई कार्यकाल नेपाली कांग्रेस रौतहटको सभापति भएका तथा कोइराला परिवारसँग घनिष्ट सम्बन्ध भएका आलम कानुनी कठघरामा पुगेका छन् ।
राजधानी दैनिक– चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणसँगै चिनियाँ रेल काठमाडौंसम्म आउने आधार तय भएको छ । राष्ट्रपति सीको भ्रमणमा केरुङ–काठ रेलमार्ग सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएसँगै नेपालीको रेल सपना साकार हुने संकेत मिलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार