प्रहरी बुलेटिन : छुट्टाछुट्टै घटनामा तीन पक्राउ
नेपालबहस संवाददाता
असोज २८, २०७६ मंगलबार १५:३१:१
२८ असोज, कैलाली । प्रहरीले लागुऔषधसहित एक जनालाई सोमबार पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३ मा डेरा गरी बस्ने भारतको लखिमपुरका १९ वर्षीय आशिष बालमिकीलाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर शाखा र त्रिनगर प्रहरी चौकीबाट खटिएको टोलीले बालमिकीको कोठाबाट २८ सिसी क्लोरोमाइन निलिट, २२ पत्ता स्पास्मो र १८३ ट्याब्लेट बरामद गरेको थियो ।
त्यसैगरी प्रहरीले मोटरसाइकल चोरीमा संग्लन एक जनालाई पक्राउ गरेको छ । बाजुरा बह्रमतोला गाउँपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–४ बसपार्क बस्ने २३ वर्षीय रोशन अधिकारीको से६प ५९१९ नंको यामाहा मोटरसाइकलसहित कैलारी गाउँपालिका–७ का २५ वर्षीय प्रकाश बोहरालाई पक्राउ गरिएकोे प्रनाउ बस्नेतले बताए। उनलाई कैलारी गाउँपालिकामा मोटरसाइकल चलाइरहेको अवस्थामा पक्राउ गरिएको थियो ।
त्यस्तै धनगढी–४ स्थित कैलपाल स्टोरको गोदाममा प्रहरीले सोमबार छापा मार्दा रु ३९ हजार ७२५ बराबरका विभिन्न खाद्य सामग्री बरामद गरेको छ ।
भन्सार छलेर भित्र्याइएका मसुरको दाल१७५ किलोग्राम, नरिवल २५ किलोग्राम, राज्मा दाल ५० किलोग्राम, चिनी २५ किलोग्राम, सुर्ती ३० पोकालगायत खाद्य सामग्री बरामद गरिएको प्रनाउ बस्नेतले जानकारी दिए ।
उक्त गोदाम हेर्ने जिम्मेवारी पाएका महेश भट्टलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि कैलाली भन्सार कार्यालय पठाइएको जनाइएको थियो ।
तीन दिनमा ११० ट्याक्सी चालक नियन्त्रणमा
पोखरामा तीन दिनयता पोखरा महानगरपालिकाका विभिन्न स्थानमा मिटरमा नगई मनोमानी भाडा लिने तथा मिटर नै जडान नगरी चलाउने ११० ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यही असोज २५, २६ र २७ गते कास्की जिल्ला प्रहरी कार्यालयले गरेको जाँचका क्रममा क्रमशः ५३, २७ र ३० ट्याक्सी चालकलाई नियन्त्रणमा लिई कानूनबमोजिम कारवाही गरिएको सहसूचना अधिकारी एवं प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।
उनका अनुसार दशैँ मनाउन विभिन्न जिल्लामा जाने यात्रु नठगिउन भन्ने उद्देश्यले पोखराबाट बाहिरिने मुख्य सडक एवं बढ्दो सवारी चाप हुने स्थानमा प्रहरीले यात्रु सहायताकक्ष स्थापना गरी सेवा प्रदान गरिरहेको थियो ।
यात्रुलाई अप्ठ्यारोमा पारी मनोमानी भाडा लिने र मोलमोलाइ गर्ने प्रवृत्ति अन्त्यका लागि सडकमा जाँचका साथै सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको प्र्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।
बढी भाडा लिएको आरोपमा मुद्दा दायर
खोटाङमा यात्रुबाट बढी भाडा लिएको आरोपमा दुई जनाविरुद्ध कालोबजारीअन्तर्गत मुद्दा दायर गरिएको छ ।तोकिएकोभन्दा बढी भाडा लिएको आरोपमा हुर्लुङस्थित खोटाङ यातायात प्रालिको काउण्टरबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका तेञ्जी शेर्पा र फुर्वा शेर्पालाई पक्राउ गरी सोमबार मुद्दा दायर गरिएको हो ।
खोटाङबाट काठमाडौँ जाने यात्रुबाट जनही रु एक हजार ४५० लिनुपर्नेमा रु दुई हजार लिएको गुनासो आएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
यातायातमा कालोबजारी भएको गुनासो आए पनि उजुरी नपरेपछि प्रहरी आफैँ यात्रु भएर जाँदा कालोबजारी गरेको पुष्टि भएपछि उनीहरू पक्राउ परेका थिए ।
पक्राउ परेकाहरूविरुद्ध सोमबार नै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गर्नाका साथै १० दिनको म्याद थप गरेर कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए । कालोबजारी आरोपमा एक वर्षसम्म कैद तथा रु १० लाखसम्म जरिवाना गर्न सकिने कानूनी प्रावधान छ ।
दशैँ–तिहारको बेलामा जिल्ला भित्रिने र बाहिरिने यात्रुबाट मनपरी भाडा लिएकाले जाँचका लागि ठाउँ–ठाउँमा प्रहरी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले बताए । ऐँसेलुखर्क, बाक्सिलालगायत ग्रामीण क्षेत्रमा सञ्चालन हुने सवारी साधनले यात्रुबाट मनपरी भाडा लिइरहेको गुनासो आएको थियो ।
मेलामा खुकुरी प्रहार गर्ने पाँच पक्राउ
बाँकेको बैजनाथ गाउँपालिकामा लागेको मेलामा युवामाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
उक्त गाउँपालिका–२ भौंरीकुनास्थित शिवमन्दिर परिसरमा लागेको पूर्णिमा मेलामा आइतबार राति युवती जिस्क्याएको विषयमा विवाद उत्पन्न भई खुकुरी हानाहान हुँदा सोही ठाउँका नेपाली सेनामा कार्यरत लोकेन्द्र शाही सख्त घाइते हुनुभएको थियो ।
घटनालगत्तै खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा लुकिछिपी बसेका खुकुरी प्रहार गर्ने समूहका पाँच जनालाई पक्राउ गरेको उक्त कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा मकैबारी निवासी विष्णु रोकाय, सुरेश राना क्षेत्री, पुष्कर राना क्षेत्री, डिलबहादुर राना क्षेत्री र वीरु भन्ने यामबहादुर राना रहेको उनले बताए ।
प्रनाउ शाहीका अनुसार घाइते शाहीको भारतको लखनऊमा उपचार भइरहेको र हाल फरार रहेका उक्त घटनामा संग्लन तेजु रोकाय, विश्व रोकाय र दुर्बु रोकायको खोजी तीव्र पारिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार