कलैया सिटी जेसिजद्धारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
नेपालबहस संवाददाता
असोज २८, २०७६ मंगलबार १८:१४:१३
२८ असोज, कलैया । कलैया सिटी जेसिजको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत आज छठौ दिन हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
उक्त हाजिरी जवाफ प्रतियोगिता कार्यक्रमका प्रमुख आतिथ्य कलैया सिटी जेसीसका पुर्व अध्यक्ष एव मनकामना स्कुलका प्राधानाध्यापक रामबाबु प्रसाद कुशवाहा रहेका र कलैया सिटी जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी राजेश प्रसाद कुशवाहाको अध्यक्षतामा सम्पन्न भयो ।
उक्त हाजिरी जवाफ प्रतियोगितामा ६ वटा स्कुलको सहभागिता रहेको थियो जसमा मनकामना से.बो.स्कूल प्रा.लि., इन्टरनेशनल इग्लिश बोर्डिग स्कुल, बाल विद्या मन्दिर सेकेन्द्री बोर्डिग स्कूल, श्री सिद्धि विनायक ई.बो. स्कूल र कलैया ब्राइट लैण्ड कलैया, बारा बीच प्रतियोगिता जम्मा ६० वटा प्रश्न सोधेका थिए जसमा मनकामना बोर्डिग स्कूलले १३ वटा प्रश्नको जवाफ दिएर प्रथम भएका थिए भने दोश्रो बाल विद्या स्कूलले ११ वटा प्रश्नलाई जवाफ दिए र तेश्रोमा सिद्धी विनायक स्कुलले ९ वटा प्रश्नको उत्तर दिएर प्रथम, दोश्रो र तेश्रो भएका थिए ।
हरेक स्कूलबाट ३ जनाको एउटा समुह बनाइएको थियो जसमा प्रथम हुने स्कूलका विद्यार्थी आनन्द पटेल, अकास विक्रम शाह र अमना खातुन, दोश्रो स्कूलका विद्यार्थी नन्दनी गुप्ता, आकाश गुप्ता र आमिल खान तथा तेश्रो स्कूलका विद्यार्थी रितिक कुमार गुप्ता, चीनी गोस्वामी र रामविलास मण्डलहरुलाई पुरस्कार वितरण गरिएका थिए ।
जेसीस सप्ताह अन्तर्गत पहिलो दिन रक्तदान गरि शुभारम्भ भएको थियो भने दोश्रो दिन विश्व प्रसिद्ध गढिमाई मन्दिर परिसरको सरसफाई, तेश्रो दिन जेसीज परिचय तथा नेतृत्व विकास तालिम, चौथो दिन कलैया नगरमा भित्र प्रवेश गर्ने चारै दिशाको मुल सडकमा होडींग बोर्ड लगाइएको, पाँचौ दिन विद्यार्थीहरुलाई लक्षित गरि सवारी दुर्घटना तथा टाफिक नियम सम्बन्धि अभिमुखिकरण तालिम गराएको र भोली बुधवार अनाथालयका विद्यार्थीहरुलाई शैक्षिक साम्रगी वितरण गरि समापन समारोह गरिनेछ ।
उक्त कार्यक्रममा कलैया सिटि जेसिजका नि.वर्तमान अध्यक्ष धनीलाल साह सोनार, महासचिव जेसी एसएम जहाँगस्त, कोषाध्यक्ष जेसी श्रवण प्रसाद साह, जेसी विजय कुशवाहा, कार्यकारीणी उपाध्यक्ष जेसी संदिप बरै जेसी उमेश साह गोढ, जेसी बैजु दास, जेसी संदिप साह, जेसी रोशन सहनी लगायत बसन्त सर, सुदिप मण्डल, इन्दुदेव साह, मनोज सर सहित अन्य पदाधिकारीको सहभागिता रहेको थियो ।
कोषवृद्धी तथा कार्यक्रम संयोजक पवन कुशवाहाले स्वागत मन्तब्य दिएका थिए एव कार्यक्रम संचालन उपाध्यक्ष जेसी शम्भु गुप्ता गरेको मिडिया संयोजक जेसी राजकुमार गिरी विजयले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार