प्रहरी बुलेटिन : जुवातास खेल्ने ४ जना पक्राउ
नेपालबहस संवाददाता
असोज २८, २०७६ मंगलबार १८:२४:३३
२८ असोज काठमाडौं । महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले जुवातास खेल्ने ४ जनालाई नगद ७१ हजार ५ सय रूपैया सहित नियन्त्रणमा लिएको छ ।
प्रहरीले काठमाण्डौ महानगरपालिका-६ कपनमा स्थित एक घरमा जुवातास खेलिरहेको अबस्थामा काडाँघारी बस्ने ओखलढुङगा मानेभञ्जाङ गाँउपालिका-४ का ईन्द्र थापा सहित ४ जनलाई नगद ७१ हजार ५ सय रूपैया सहित नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
२० ओखर खेल्ने मानिस नियन्त्रणमा
महानगरीय प्रहरी वृत बौद्धले ओखर खेलिरहेको अबस्थामा ५ जनालाई नगद १ लाख ८९ हजार ८ सय २० रूपैया सहित नियन्त्रणमा लिएको छ ।
प्रहरीले यही २७ गते काठमाण्डौ महानगरपालिका ६ बौद्धमा ओखर खेलिरहेको अबस्थामा मुलपानी बस्ने डम्बर गुरूङ सहित ५ जनालाई नगद १ लाख ८९ हजार ८ सय २० रूपैया सहित नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
महानगरीय प्रहरी प्रभाग नागढुङगाले लागुऔषध सहित १ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले आज बिहान ०८ : ३० बजे विरगंजबाट काठमाण्डौ आउँदै गरेको ना.५ ख.६५३९ नम्बरको यात्रुवहाक सवारी साधनलाई चेकजाँच गर्दा भक्तपुर बस्ने पर्साका विवेक चौधरीको साथबाट लागुऔषध नाईट्राभेट २८ ट्याबलेट बरामद गरेको छ ।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी कार्यालयको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार