वुमन्स च्याम्पियन्स लिगको ट्रफी सार्वजनिक
नेपालबहस संवाददाता
असोज २८, २०७६ बुधबार १:२५:५४
२८ असोज, काठमाडौं । ‘क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालि’को आयोजनामा हुने वुमन्स च्याम्पियन्स लिग ‘डब्लूसीएल’ टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी आज सार्वजनिक गरिएको छ ।
असोज २९ देखि कात्तिक ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले पाउने ट्रफी मंगलबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । प्रतियोगितामा विभिन्न पाँच शहरका पाँच टोली सहभागी हुनेछन् । ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्याट क्विन्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइन्ट्सले प्रतियोगिता खेल्लेछन् । राउण्ड रोबिनको आधारमा हुने उक्त प्रतियोगितामा सहभागी सबै टोलीले एक अर्कासँग खेल्नेछन् ।
शीर्ष स्थानमा पुग्ने टोली स्वतः फाइनल प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानको टोलीले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्नुपर्ने छ । यस्तै अन्तिम स्थानमा रहने दुई टोली समूह चरणबाटै बाहिरिने छन् ।
प्रतियोगिताको विजेताले रु सात लाख तथा उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाका प्रबन्धक छुम्बी लामाले जानकारी दिए ।
सर्वोत्कृष्ट खेलाडीले टीभीएसको एक थान स्कुटरसहित रु ५० हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्स वुमनले जनही रु २५ हजार प्राप्त गर्नेछन् । बुधबार उद्घाटन खेलमा क्याट क्विन्स काठमाडौं र चितवन राइनोजबीच कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
नेपाल 'ए' र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रुद्ध
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार